© २०२३
बुटवल, १२ साउन ।
कपिलवस्तुमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
दाङबाट पोखरा जाँदै गरेको ग १ ख ९०१३ नम्बरको बस र विपरीत दिशामा रहेको लु १ ह ४१५४ नम्बरको अटो शिवराज नगरपालिका–१ उमरीमा गएराति ठोक्किँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र सिंहले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा ५० वर्षीय रितबहादुर सुनार र १८ वर्षीया रविना राना छन् । दुर्घटनामा घाइते भएका उमरीका पवित्रा सुनार तथा प्युठान घर भई बलुवा बस्ने १८ वर्षीय शक्ति भण्डारीको सिटी अस्पताल भैरहवामा उपचार भइरहेको छ ।
बस र अटो चालक प्रहरी नियन्त्रणमा छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।