© २०२३
बुटवल, १२ साउन ।
लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको संयुक्र आयोजनामा ४० जना कृषकहरुलाई जैविक मल वितरण गरेको छ ।
तिलोत्तमा अर्गानिक फर्म एण्ड रिसर्च सेन्टर को सहयोगमा बुटवल उपमहानगरपालिका वडा नं. १६ स्थित नरैनापुर आधारभुत बिद्यालयमा गरिएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ पि का गभर्नर बालाराम भट्टराई, क्लबका पुर्व अध्यक्ष सल्लाहकार, आईपिडिजि पुरुषोत्तम भक्त प्रधानाङले कृषकहरुलाई मल वितरण गरेका थिए ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ पि का गभर्नर बालाराम भट्टराईले समाजका विभिन्न क्षेत्रमा लायन्समार्फत योगदान गर्दै आएको भन्दै कृषि क्षेत्रमा पनि यस्ता नमुना कार्य गरेर किसानलाई सहयोग गर्ने संकल्प रहेको बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले मानव स्वास्थ्यसंग खाद्यान्न जोडिएको बताए । खाद्यान्न उत्पादनमा प्रयोग हुने मल जैविक प्रयोग गर्न ज्ञान दिने गरी आफुहरुले नमुना काम गरेको उनले बताए ।