Butwal Today

कर्णाली बैंक घोटालामा ३ अर्ब २० करोडको अपचलन, सीआईबीले अनुसन्धान पूरा गर्यो

१२ श्रावण २०८२, सोमबार
अ+
अ-
  • कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोड रुपैयाँ अपचलन।

  • १०८ जनालाई मुद्दा चलाउन सरकारी वकिललाई सिफारिस।

  • १०४ जना फरार रहेका छन्।

काठमाडौँ ।

कर्णाली डेभलपमेन्ट बैंकको ३ अर्ब २० करोड रुपैयाँको घोटाला सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान पुरा गरी सरकारी वकिल कार्यालय, बाँकेमा प्रतिवेदन बुझाइसकेको छ।

सीआईबीका डीएसपी दानबहादुर थापाको नेतृत्वमा गठन गरिएको टोलीले अनुसन्धानको निष्कर्षमा बैंकको सञ्चालक समितिका तीन जना अध्यक्ष र अन्य पदाधिकारीहरूले ठूला मात्रामा रकमको अपचलन गरेको पत्ता लगाएको छ।

प्रहरीले कुल १०८ जनालाई मुद्दा चलाउन सरकारी वकिललाई सुझाव दिएको छ जसमा तीन अध्यक्ष, आठ पदाधिकारी, चारजना शेयरधनी र ४० ऋणीहरू समेत परेका छन्।

बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, पूर्व अध्यक्ष पशुपति दयाल मिश्र, वित्त प्रमुख वेदप्रकाश सिंह ठकुरी र राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेत समेत पक्राउ परेका छन् भने १०४ जना फरार रहेको प्रहरीले जनाएको छ।

सीआईबीका एआईजी चन्द्र कुबेर खापुङका अनुसार अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ र अहिले मुद्दा अभियोजन प्रक्रियामा छ।