© २०२३
काठमाडौं, १२ साउन ।
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाबाट एकै परिवारका १६ जना अचानक बेपत्ता भएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ।
गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकैको भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्दै आएकी उर्मिला हायुको परिवार सोमबार बिहानदेखि सम्पर्कविहीन भएको स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा जानकारी गराएका थिए।
उक्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको एसपी लालध्वज सुवेदीले जानकारी दिए।
सूचना प्राप्त भएलगत्तै प्रहरी टोली हायुको घरमा पुगिसकेको र त्यहाँ सामान्य क्षति देखिएको एसपी सुवेदीले बताए । परिवारले पालेका कुखुरा, बाख्रा र भैंसी अलपत्र अवस्थामा भेटिएको तर परिवारका कुनै सदस्य घरमा नभएको उनले बताएका छन ।
घटनाबारे थप जानकारी संकलन गर्न प्रहरीले स्थानीय जनप्रतिनिधि र गाउँलेहरूसँग कुराकानी गरिरहेको जनाएको छ।
परिवारको बेपत्ताबारे हालसम्म कुनै स्पष्ट संकेत नपाइएपछि घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।