ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

एक करोडको भ्यु टावर बन्द अबस्थामा

११ श्रावण २०८२, आइतबार
११ श्रावण २०८२, आइतबार

लमही, ११ साउन ।

पर्यटन प्रवर्द्धन भ्यु टावर पर्यटकीय आकर्षणको रूपमा पछिल्लो समयमा भ्युटावर बनाउन पालिकाहरूमा लहर नै चल्यो ।

यसबाट स्थानीय तथा बाह्य पर्यटकलाई आसपासको दृश्यावलोकन गर्न सहज हुने तथा यसले आन्तरिक पर्यटन विकासमा मद्दत गर्छ भन्ने उद्देश्यले पालिकाले धमाधम बनाए ।

भ्यूटावर निर्माण गर्ने क्रममा लमही नगरपालिका पनि एक हो । लमही नगरपालिकाको लमहीमा निर्माणाधीन भ्यु टावर अलपत्र अवस्थामा छ । संरचना आकर्षक भए पनि प्रयोग विहीन हुँदा अलपत्र जस्तै बनेको हो ।

लमही नगरपालिकामा तत्कालीन नगरप्रमुख कुलबहादुर केसीको कार्यकालमा भ्यु टावर निर्माण गरिएको हो । करिब एक करोड बढी स्थानीय तहको बजेटमा निर्माण भएको भ्यु टावरले अहिले एक्लै लमही बजार नियालिरहेको छ ।

पर्यटकको आवात जावात नहुँदा भ्यु टावरको अस्तित्व शंकटमा देखिन्छ । तर सामुदायिक बनले संरक्षणका नाममा बन्द गरिदिँदा पर्यटकको आवतजावत ठप्प छ ।

खुल्ला अवस्थामा रहँदा मानिसबाटै क्षेती हुन थालेपछि स्थानीय सामुदायिक बनले उक्त भ्यु टावरको संरक्षणका लागि बन्द गरेको हो । बन्द पश्चात् थप क्षति हुनबाट जोगिएको छ ।

अजमरी सामुदायिक वनको बिचमा झट्ट हेर्दा प्रशासनिक भवन जस्तो देखिने ग्रिन पार्कदेखि उत्तर साइडमा निर्माण अवस्थामा रहेको पाँच तल्लाको भ्यु टावर चारैतिर बन्द अवस्थामा छ ।

भएअनमा लगाइएका झ्याल ढोकाकामा चर्किएका सिसा, खियाले थलिएका गेट देख्दा सार्वजनिक सम्पत्तिको सदुपयोग नभएको अनुभूत हुन थालेको स्थानीय बताउँछन् ।

भ्यु टावर निर्माण पश्चात् नत सम्बन्धित सामुदायिक वनले संरक्षणमा चासो देखाएको छ नत नगरपालिकाले । बनको क्षेत्रमा निर्माण भएको भ्यु टावर स्थानीय सामुदायिक बनले संरक्षण गर्ने साझा सहमति भएको तत्कालीन लमही नगरपालिकाका मेयर केसी बताउँछन् ।

सरकार फेरियो, बनका पदाधिकारी फेरिए तर छलफल र सञ्चालन तर्फ कसैको ध्यान जान सकेन । अहिले भने उक्त भ्यु टावर सञ्चालनका लागि सरोकारवाला लागिपरेका छ ।

जनताको पैसाबाट निर्माणाधीन भ्यु टावर सञ्चालनका लागि जनदबाब पनि बढेको छ । भ्यु टावर सञ्चालनका लागि लमहीमा सर्वदलीय सर्वपक्षीय छलफल भएको छ ।

अजम्मरी सामुदायिक वन समितिले सरोकारवालाहरू सँग अन्तर्क्रिया तथा छलफल गरेको हो । बन समितिले उक्त भ्यु टावर नितिगत रूपमा बनलाई हस्तान्तरण गर्नुपर्ने माग गरेको छ ।

समितिका अध्यक्ष पवन शर्मा रिजालले भ्यु टावर सञ्चालन पश्चात् ग्रिन पार्कको आकर्षण थप बढ्ने विश्वास व्यक्त गरे । दीर्घकालीन योजना बनाएर भ्यूटावर सञ्चालन गर्ने तर्फ सबै लाग्नुपर्ने बताए ।

अध्यक्ष रिजालले भ्यु–टावरको माथिल्ला दुई वटा तला दृश्यावलोकन, र बाँकी तल्लाहरूमा ब्यबसायिक रूपमा प्रयोग गर्न सकिने योजना सुनाए ।

त्यसका लागि स्पष्ट कार्यविधि बनाएर उपभोक्ता वा निजी क्षेत्रलाई सञ्चालनका लागि दिने अथवा ठेक्का माध्यमबाट प्रयोगमा ल्याउने धारणा सुनाए । उनले स्थानीय तहको समन्वयमा परामर्शदाता नियुक्त गरेर कार्यविधि बनाउने हो कि भन्ने छलफल गरिरहेको बताए ।

लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले ग्रीनपार्क लमहीको मात्र नभई प्रदेशकै गहना भएको बताए । पार्कलाई अझै व्यवस्थित तथा आकर्षक बनाउन आवश्यक रहेको भन्दै भ्यु टावर सञ्चालनले पर्यटक आगमन बढ्ने विश्वास व्यक्त गरे ।

भ्यु टावर सञ्चालनका लागि हस्तान्तरणले रोकिएको हो भने नगरपालिकाले छिट्टै हस्तान्तरण गर्ने बताए । बहुउद्देश्यीय भ्यु टावर सञ्चालन सँगै पार्कको आकर्षण बढाउन नगरपालिका तत्पर रहेको बताउँदै मेयर चौधरीले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नगरपालिका लागिपर्ने बताए ।

उनले पर्यटकीय क्षेत्रले स्थानको चर्चासँगै विकास र रोजगारले पनि गति लिने बताए । कार्यक्रममा अजम्मरी सामुदायिक वन समितिका उपाध्यक्ष रवि श्रेष्ठले भ्यूटावर ठेक्का लगाएर टावर परिसरमा पौडी पोखरी, पानीको फोहोरा, पार्किङ, रेस्टुरेन्ट, निर्माण गरी एकीकृत रूपमा सञ्चालन गर्ने योजना रहेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?