© २०२३
चन्द्राैटा, ११ साउन ।
दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-५, प्रगति टोलमा रहेको न्याैपानेकाे घरमा चाेरीमा संग्लनलाई पक्राउ गरेकाे हाे ।
प्रहरीका अनुसार गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो । फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास सञ्चालन गरेको थियो ।
अनुसन्धानकै क्रममा लमही नगरपालिका–४ अर्नवा निवासी ३२ वर्षीय टोपेन्द्र सिंह ठकुरीलाई शिवराज नगरपालिका–१ बनकट्टाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । शंकास्पद अवस्थामा फेला परेका ठकुरीसँग गरिएको सोधपुछमा उनले चोरी गरिएका गरगहना आफ्नै घरमा लुकाएर राखेको स्वीकार गरेका थिए ।
घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि जिल्ला अदालत कपिलवस्तुको अनुमति प्राप्त गरी अभियुक्तलाई ८ दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक सुजन शाहले जनाए ।