© २०२३
रोल्पा, ११ साउन ।
रोल्पाका विभिन्न सडकमा रातीको समयमा गाडी चलाउन रोक लगाएको छ ।
वर्षातका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई ध्यानदिदैँ साउन ९ गतेदेखि भदौ १५ गतेसम्म रात्रीकालीन सवारीसाधन सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाइएको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बेलुका ६ बजेदेखि बिहान ५:३० बजेसम्म शहीद मार्ग र जिल्लाका ग्रामीण सडकहरूमा सबै प्रकारका सवारी साधन सञ्चालन गर्न रोक लगाइएको हो।
मनसुन सक्रिय रहेकाले पहिरो, बाढी तथा ढुंगा खस्ने सम्भावना बढेको र त्यसबाट जनधनको क्षति हुनसक्ने भएकाले यो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । शहीद मार्गका विभिन्न खण्डमा निर्माणाधीन सडकमा पहिरो जाँदा आवागमनमा समस्या भएको जनाइएको छ।
मदन भण्डारी राजमार्ग अन्तर्गत माडीचौर–घर्तीगाउँ सडकखण्डमा अर्को सूचना नआएसम्म सवारीसाधन तथा पैदल यात्रुहरूलाई पनि रोक लगाइएको छ। एम्बुलेन्स सेवा भने सुरक्षा निकायको समन्वयमा सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकी यअधिकृत पदमबहादुर डाँगीले बताए ।
चकचके कालोपत्रे सडक सुचारु रहे पनि अन्य भित्री तथा कच्ची सडकहरूमा रात्रीकालीन यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको छ। शहीद मार्ग, जुन सशस्त्र द्वन्द्वका समयमा माओवादीको पहलमा निर्माण सुरु गरिएको थियो, अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। हरेकवर्ष वजेट विनियोजन भएपनि निर्माण कार्य भने सम्पन्न नहुदा उत्तर पश्चिम रोल्पाका नागरिक हरुले आवतजावतमा सास्ती भोग्ने गरेका छन ।