© 2026
काठमाडौं, ११ साउन ।
सभामुख देवराज घिमिरे आज साँझ स्वीट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गर्दैछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ६ बजे प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ।
सभामुख घिमिरे जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय सभामुख सम्मेलनमा सहभागी हुन लागेका हुन्। सम्मेलनमा ‘शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य’ र ‘हाम्रो डिजिटल भविष्य निर्माणमा सांसदहरूको भूमिका’ शीर्षकका दुई सेसनमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार, सम्मेलनमा सहभागी हुँदै सभामुखले नेपालको तर्फबाट आफ्ना विचार प्रस्तुत गर्नेछन्। पाँच–पाँच वर्षको अन्तरालमा आयोजना हुने यो सम्मेलनमा विश्वभरका सभामुखहरू सहभागी हुने गर्छन्।
यस अवसरमा सभामुख घिमिरेले विभिन्न देशका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय हुने अपेक्षा गरिएको छ।