ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पहिरोले ध्वस्त पारेको सडक, चालकको दिनरातको सास्ती

११ श्रावण २०८२, आइतबार
११ श्रावण २०८२, आइतबार

पाल्पा, ११ साउन ।

बुटवल गुल्मीका जिप चालक शिव खत्रीले सवारी अनुमति पत्र लिएको यही जेठमा १० वर्ष पुग्यो । त्यसपछि उनले नियमित रूपमा सवारी साधन चलाइरहेका छन् ।

बुटवलबाट सवारी चलाएर आउँदा जाँदा उनलाई दर्जनौँ ठाउँमा त्रासदको सामना गर्नु पर्दछ । त्यसैमाथि एक ठाउँमा खोलादेखि सडक भन्दा कति हो कति माथिको पहिरोले मुटु नै थर्कने गरेको उनी बताउँछन् ।

सडकमा उत्तिकै सवारी साधनको चाप, अत्यधिक तीव्र गतिमा गुडेका टिप्पर बिचबिचमा मोटर साइकलका त्यसै माथि चर्चर भन्दा तल आधाभन्दा बढी सडक पहिरोले खोलामा पुराएको ठाउँ क्रस नगर्दा सम्म यात्रा गवान भरोसामा रहेको उनी बताउँछन् ।

विगत दुई वर्ष अगाडि पहिरो सानो थियो । गत वर्षदेखि ठुलो भयो । सडकको अधिकांश भाग खोलाले तलै बाट तानेको छ । कति बेला यो पहिरोबाट खोलामा पुगिने हो भनेर मनमा डर पालेर गाडी हाँक्न परेको छ ।

सडकमा दुई वटा गाडी क्रस गर्न मिल्दैन । दुर्घटना त आफ्नो कारणले भन्दा अरूको कारणले पनि हुने गर्दछ । जबसम्म गुल्मीतिर आउँदा डुम्रेसम्म र बुटवल जाँदा डुम्रे बाट तल सधैँ डर डरैमा गाडी सवारीको साधन चलाएको गुल्मी भार्सेका दिलबहादुर सुनार बताउँछन् ।

सडकलाई तलै बाट पहिराले लछारेको छ । यसको मर्मतको लागि ठेक्का प्रणालीबाट कामको सुरु भएको बताउने, सडक कार्यालयले कामको जिम्बेबारी पाएको निर्माण कम्पनीले सडकको थप क्षति नहोस् र सवारी दुर्घटना पनि नहोस् भनेर पहिरोलाई प्लाष्टिकले ओत लगाएको छ ।

बुटवल पाल्पा सडक खण्डमा बस सञ्चालन गरेकाका पुस्ताका क्षम बहादुर गुरुङ भन्दछन् । यो राजमार्गमा एक ठाउँमा असजिलो भएपो अप्ठ्यारो ठाउँ त गर्न नसकिने छन् ।

गत वर्ष बाट फेरी पहिराले नयाँ ठाउँलाई छोएको छ । पहिले पहिले हिउँदे खोलामा सास्ती  थियो । यस वर्ष बाट दिन रात सास्ती खेपेर सवारीका साधन चलाउनु पर्ने हिउँदे खोलाको सास्ती हट्यो ।

अरू ठाउँ ठाउँमा माथि बाट पहिरो वा ढुङ्गा खसेर खोलामा पुगिएला भन्ने डर भयो उनले भने ठुला सवारीका साधनभन्दा साना–साना सवारीका साधन चलाउन यस ठाउँमा उच्च जोखिम रहेको छ ।

यो वर्ष वर्षाद भएको छैन । वर्षादको समयमा पहिरो अझ फराकिलो हुँदै माथिको खण्ड च्यापियो भने राजमार्ग ठप्प नहोला भनेर भन्न सकिँदैन । सवारी चालक अनिल थापा बताउँछन् ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी दुर्गा प्रसाद गौतम भन्दछन् । यो पहिरो नियन्त्रणसँगै अन्य ठाउँमा अरू कामका लागि ठेक्का पनि गत पुसमा भयो । बुटवलको निर्माण कम्पनीले यही सडकको अन्यत्र काम गर्दा गर्दै वर्षाद सुरु भयो । त्यसले गर्दा यो फेरि तलै खोलाबाट खनेर जग उठाउनु पर्दछ ।

पहिला ढुंगाको समस्या भयो । तल खोलाको उठाउन स्थानीय सरकारको कानुनी जटिलता पनि भयो । यस कारणले काम अगाडि बढाउन सकिएन ।

वर्षाद सकिना साथ पर्खालको काम गर्ने र बायो इन्जिनियरको पनि काम गरिने उनले बताए । गत पुषमा ठेक्का लगाएको हो । एउटै बास्केटमा काम धेरै  हुँदा पनि समस्या भएको निर्माण व्यवसायी बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?