ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

विदेशमा अलपत्र नेपालीको उद्धार गर 

११ श्रावण २०८२, आइतबार
११ श्रावण २०८२, आइतबार

इरानको जेलमा रहेको पाँच जना नेपालीलाई सरकारले स्वदेश फर्काउन सफल भएको छ । कूटनीतिक पहलपछि इरानको जेलमा रहेका पाँच जना नेपाली स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पछिल्लो इजरायल–इरान युद्धमा नेपाली नागरिकको सुरक्षा र उद्धारका क्रममा इरानको जेलमा पाँच जना नेपाली रहेका थाहा भएपछि मन्त्रालयले कूटनीतिक पहल सुरु गरेको थियो ।

अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि तेहरानमा रहेको नेपाली अवैतनिक वाणिज्य दूत र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा उनीहरू शुक्रबार काठमाडौँ आइपुगेका छन् ।

यसअघि पनि ९ जना नेपाली इरानबाट भारतको बाटो हुँदै बुटवल आइपुगेका थिए । इरानमा मात्रै होइन, नेपालीहरू विदेशमा अलपत्र पर्ने क्रम बढिरहेको छ । युक्रेनको जेलमा समेत एक नेपालीले दर्दनाक पीडा सहेर बस्न बाध्य भएको समाचार सार्वजनिक भैसकेको छ ।

अरू धेरै देशमा नेपालीहरू अनाहकमा जेलमा कोचिन विवश भएका छन् । उनीहरूको उद्धारका लागि पहलको आवश्यकता छ । इराक र सिरियामा समेत नेपाली नागरिकले नारकीय जीवन बिताउन बाध्य भएको समाचार आइरहेको सन्दर्भमा नेपाल सरकारले ठोस पहल गरी नेपालीलाई स्वदेश फिर्ता बोलाउन अव ढिलाइ गर्नु हुँदैन ।

इजरायल–इरान द्वन्द्वकै क्रममा सरकारले भारतलाई अनुरोध गरेर भारतीय विमानमार्फत तीन चरणमा गरी ९ जना नेपाली यसअघि स्वदेश फिर्ता भइसकेका छन् । नेपालको कूटनीतिक पहल यसपटक सफल भएको छ तर रुसमा रहेका नेपालीलाई स्वदेश फिर्ता गराउने पहल भने अझैसम्म असफल हुँदै आएको छ ।

रुस युक्रेन युद्धमा अन्जानबस नेपाली परेका छन् । उनीहरू सुरक्षित स्वदेश फर्किन चाहन्छन तर नेपाल सरकारले गरेको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन् । अवको दिनमा अझै कूटनीतिक पहल गरेर अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन ढिलाइ नहोस् ।

उज्वल जीवनको खोजीमा विदेश पलायन हुन बाध्य नेपालीहरू विदेशका मुलुकमा अलपत्र पर्ने समस्या बर्षौदेखिको समस्या हो । बैदेशिक रोजगारीमा संलग्न दलालहरूले नेपालीहरूलाई राम्रो तलब र आकर्षक जागिरको लोभ देखाएर विदेश लैजाने र त्यही अलपत्र पार्ने गर्दै आएको बर्षौ भैसकेको छ ।

बिदेसिनु नेपाली युवाहरूको रहर मात्र नभई बाध्यता बनिसकेको छ । विदेशी भूमिमा पसिना चुहाएर पनि स्वदेशी माटोका लागि युवाहरूको महŒवपूर्ण योगदान छ । अर्थात्, उनीहरूले पठाएको रेमिट्यान्स नै देशको प्रमुख आयस्रोत बनिरहेको छ ।

विदेशमा युवाले चुहाएको रगत र पसिनाबाट कमाएको पैसा स्वदेशमा आउँदा सरकारले गौरव महसुस गर्छ । तर तिनै पसिना चुहाउनेहरू समस्यामा पर्दा भने बेखर जस्तै बन्छ । विदेशमा यसरी अलपत्र परेका तथा समस्यामा परेकाहरूको सहयोगका लागि दूतावासहरूले उद्धारका काम गर्नुपर्ने हो तर ती दुतावास काम नगरी बस्ने सरकारी अड्डा बनेका छन् ।

सरकारले स्वदेशमै रोजगारीका अवसर र आर्थिकरूपमा सुरक्षित भविष्यको निर्धारण नगरेसम्म युवाहरू हरेक दिन विदेश गइरहनुपर्छ, रेमिट्यान्स पठाइरहनुपर्छ ।

स्वदेशी उत्पादन विदेश निर्यात गर्नुपर्ने सरकार युवा निर्यात गरिरहनेछ । पछिल्लोसमय रुस, युक्रेन, साउदी अरव, मलेसिया, इराक र इरान लगायत खाडी क्षेत्रमा काम गर्न जाने युवाहरू अलपत्र र समस्यामा पर्नुको मुख्य कारण हो– नेपालीलाई गुमराहमा पार्नु र सम्झौता अनुसारको काम र तलब नपाउनु ।

स्वदेशमा दलाल र म्यानपावर कम्पनीले एउटा काम भनेर विदेश पठाउँछन्, त्यहाँ पुगेपछि थोरै पैसामा अर्कै काममा लगाउने गर्छन् । मासिक चर्को ब्याजमा पैसा निकालेर विदेश गएका युवाहरू ‘भनिए अनुसार’ को काम र पैसा नपाएपछि छट्पटिन बाध्य हुन्छन् ।

नेपाली युवाहरूको त्यस्तो बाध्यताको फाइदा उठाउन खोज्ने दलालको विदेशमा पनि कमी छैन । तसर्थ अवको दिनमा बैदेशिक रोजगारीलाई व्यवस्थित वनाउँदै विदेशका विभिन्न मुलुकमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउने बिषयमा सरकारले ठोस र कूटनीतिक पहल गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?