Butwal Today

घुस प्रकरणमा मुछिएपछि रञ्जिता श्रेष्ठले कार्यवाहक जिम्मेवारी बास्तोलालाई सुम्पिइन्

११ श्रावण २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, ११ साउन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई सुम्पिएको घोषणा गरेकी छन्।

पोखरास्थित लिचीबारी जग्गा सम्बन्धी घुस डिल प्रकरणमा आफ्नो नाम जोडिएपछि श्रेष्ठले बास्तोलालाई जिम्मेवारी हस्तान्तरण गरेकी हुन्।

श्रेष्ठले भनिन्, “मैले काबा (कार्वाहक अध्यक्ष) दिएको छु, कुरा यही हो।” उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी विधानअनुसार दिएको पनि स्पष्ट पारिन्।

पार्टी विधानले अध्यक्षलाई यस्तो जिम्मेवारी तोक्न सक्ने अधिकार दिएको छ।

यो कदम केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनी स्वर परीक्षणका लागि उपस्थित भएको घटनासँग पनि जोडिएको देखिन्छ।

सार्वजनिक भएको अडियोमा श्रेष्ठ घुस माग्दै गरेको स्पष्ट सुनिन सक्छ, जसपछि उनी आलोचनाको घेरामा आएकी थिइन्।

घटना सार्वजनिक भएपछि पार्टीभित्र र बाहिर चर्को दबाब परेको अवस्थामा श्रेष्ठले नेतृत्वको जिम्मेवारी बास्तोलामा सार्नुले आगामी दिनमा नाउपाको आन्तरिक राजनीति र छविमा असर पार्न सक्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?