Butwal Today

दाउरा प्रहार गरी श्रीमतीको हत्या

११ श्रावण २०८२, आइतबार
अ+
अ-

सुर्खेत,११ साउन । 

सुर्खेतमा श्रीमानद्वारा श्रीमतीको हत्या गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलाका करिब ४२ वर्षीय दानसिंह ठाडा मगरले आफ्नै ४० वर्षीय श्रीमती रविना ठाडा मगरको हत्या गरेका हुन् ।

प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले दिएको जानकारी अनुसार, दानसिंहले गए राति करिब १ः४० बजे सुतिरहेकी श्रीमतीको टाउकोमा दाउरा प्रहार गरेका थिए ।

दाउरा  प्रहार गर्दा रविनाको घटनास्थलमै मृत्यु भएको थियो । ‎स्थानीयले बिहान करिब २ः३० बजे प्रहरीलाई खबर गरेपछि अस्थायी प्रहरी बिट करेखोलाबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो प्रहरी उपरीक्षक बुढ्थापाले बताए ।

प्रहरीले श्रीमतीको हत्यामा संलग्न दानसिंहलाई नियन्त्रणमा लिएको छ ।

घटनाको विषयमा थप अनुसन्धानका लागि प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईको कमान्डमा १० जनाको प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।