Butwal Today

प्रधानमन्त्री ओलीको भनाइ: राजनीतिमा कहिले को जेल जान्छ भन्ने भन्न सकिँदैन 

११ श्रावण २०८२, आइतबार
अ+
अ-

काठमाडौं, असार ११ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति एक अनिश्चित यात्रा भएको उल्लेख गर्दै, राजनीतिमा को कहिले जेल जान्छ भन्ने कुरा अनुमान गर्न नसकिने बताएका छन्।

आइतबार बालुवाटारमा आयोजित विपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वाग्रह र प्रतिशोधका आधारमा राजनीतिक व्यक्तिहरूलाई जेल हालिने प्रवृत्ति रहेको गम्भीर टिप्पणी गरे।

उनले दरबार हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्तामा पुगेपछिको अवस्थालाई स्मरण गर्दै त्यसबेला राजनीतिक दलहरूलाई औपचारिक रूपमा प्रतिबन्ध नगरिए पनि नेताहरूलाई बिना कारण जेल हाल्ने गरिएको बताए ।

प्रधानमन्त्री ओलीले राज्यका संवैधानिक निकायहरूबाट बाहिरिएका व्यक्तिहरूले व्यक्तिगत रिसइवीका आधारमा मुद्दा दर्ता गर्ने, फसाउने र सत्ताको दुरुपयोग गर्ने काम भएको समेत आरोप लगाए।

कार्यक्रममा उनले पूर्वप्रधानमन्त्री तथा प्रजातान्त्रिक नेता विपी कोइरालाको धेरै आयामहरू रहेको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?