ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध उजुरी: तीन ठूला प्रकरणमा अनुसन्धानको माग

११ श्रावण २०८२, आइतबार
११ श्रावण २०८२, आइतबार

काठमाडौं, असार ११ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध गम्भीर भ्रष्टाचार र अनियमिततासम्बन्धी तीन वटा विवादास्पद प्रकरणमा छानबिन गर्न माग गर्दै उजुरी दर्ता गरिएको छ। सिन्धुलीको कमलामाई नगरपालिका निवासी युवराज पौडेलले आइतबार आयोगमै पुगेर उजुरी दर्ता गरेका हुन्। उजुरी ‘सी–००३४९८’ नम्बरमा दर्ता भएको छ।

पौडेलले राईलाई वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद भ्रष्टाचार तथा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको भन्दै तीव्र छानबिन र कानुनी कारबाहीको माग गरेका छन्। उजुरीमा ती घटनामा राईको संलग्नता स्पष्ट देखिँदा पनि उनीमाथि हालसम्म कुनै अनुसन्धान नहुनु आपत्तिजनक भएको उल्लेख छ।

वाइडबडी विमान खरिद प्रकरण

विशेष अदालतले हालै सार्वजनिक गरेको वाइडबडी विमान खरिदसम्बन्धी मुद्दाको पूर्णपाठमा ‘दूषित निर्णय प्रक्रियामा संलग्न शुरुवाती व्यक्तिहरूमाथि अनुसन्धान नभएको’ न्यायिक टिप्पणी गरिएको थियो। अदालतले अभियोजनको क्रममा केहीलाई मात्र आरोपित बनाई केहीलाई उन्मुक्ति दिनु ‘चयनात्मक अभियोजन’ भएको भन्दै आलोचना गरेको छ। पौडेलले यसै सन्दर्भमा राईलाई पनि पुरक अभियोग पत्रमार्फत मुद्दा दायर गर्नुपर्ने माग गरेका हुन्।

नेपाल आयल निगमको जग्गा खरिद

पौडेलले दायर गरेको उजुरीमा उल्लेख गरिएअनुसार राई आपूर्ति मन्त्रालयको सचिवका हैसियतमा नेपाल आयल निगमको सञ्चालक समितिका अध्यक्ष थिए। सोही समयमा निगमले विभिन्न स्थानमा अत्यधिक मूल्यमा जग्गा खरिद गरेको प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कामाथि मात्र मुद्दा चलाइएको, तर निर्णय तहमा रहेका राई जस्ता उच्च पदस्थ व्यक्तिहरू उम्किनु अनुचित भएको तर्क गरिएको छ। पौडेलले तामेलीमा राखिएको सो फाइल पुनः खोली निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण

यस प्रकरणमा समेत पौडेलले राईमाथि गम्भीर प्रश्न उठाएका छन्। केही आरोपितले बयानमा आफूहरूले तत्कालीन गृहसचिव राईको गाडीमा नगद राखिदिएको स्वीकार गरिसकेका छन्। तर, ती आरोपहरूबारे प्रहरीले कुनै अनुसन्धान नगरेको भन्दै पौडेलले उजुरीमार्फत अख्तियारलाई निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्।

पौडेलले उजुरीमा भनेका छन्, “अख्तियार प्रमुखको जिम्मेवारीमा रहेका प्रेमकुमार राईमाथि तत्काल पुरक अभियोगपत्रमार्फत मुद्दा दायर गरी हदैसम्मको कारबाही गर्न आयोगसँग अनुरोध गर्दछु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?