© २०२३
बुटवल, ११ साउन ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनको बुटवल बहुमुखी क्याम्पस एकाइ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कृष्ण खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवगठित कार्यसमितिमा उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे र शिवकुमार ज्ञवाली, सचिवमा प्रदीपप्रसाद ज्ञवाली, सहसचिवमा डा. उमेश न्यौपाने, कोषाध्यक्षमा मानध्वज गिरी चयन भएका छन् । सदस्यहरूमा मुकुन्द भण्डारी, युवराज खनाल, सचिता ढकाल, सूर्यबहादुर भण्डारी र सतीश आचार्य रहेका छन् ।
कृष्ण खरेलको अध्यक्षता र संगठनका केन्द्रीय उपाध्यक्ष डा. तिलक भुसालको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश अध्यक्ष वसन्तराज खनाल, निमित्त क्याम्पस प्रमुख डा. दुर्गा भुसाललगायतले सम्बोधन गरेका थिए ।
वक्ताहरूले देशको शिक्षा प्रणालीमा सुधार, प्राध्यापकहरूको हक–अधिकारको संरक्षण, गुणस्तरीय शिक्षा प्रवाह तथा संगठनलाई अझ सशक्त र व्यावसायिक बनाउनुपर्ने आवश्यकतामाथि जोड दिएका थिए । साथै, क्याम्पसमा प्रगतिशील सोचका आधारमा शैक्षिक वातावरण सुदृढ गर्दै विद्यार्थीकै हितमा काम गर्नुपर्ने धारणा व्यक्त गरिएको छ ।