Butwal Today

सुर्खेतमा युवकमाथि चक्कु प्रहार

१० श्रावण २०८२, शनिबार
अ+
अ-

सुर्खेत,१० साउन ।

सुर्खेतमा एक युवक माथि चक्कु प्रहार भएको छ । वीरेन्द्रनगरस्थित बसपार्कमा गए राति अज्ञात समूहले लेकबेशी नगरपालिका–६ का  २२ वर्षीय ललित परियारमाथि चक्कु प्रहार गरेका हुन् ।

‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार  राति १२ बजेको समयमा वीरेन्द्रनगर बसपार्कमा परियारमाथि धारिलो हतियार प्रहार भएको थियो ।

थापाका अनुसार स्कुटरमा आएका दुई जनाको समूहले परियारमाथि आक्रमण गरी फरार भएका थिए । घाइते परियारलाई तत्कालै उपचारका लागि नेपालगन्ज लगिएको छ ।

प्रहरीले आक्रमणमा संलग्नहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ । हालसम्म घटनामा संलग्न कसैलाई पनि पक्राउ गरिएको छैन ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको र शङ्कास्पद व्यक्तिहरूको पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ । पीडित पक्षले दिएको हुलियाका आधारमा प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।

प्रहरी नायव उपरीक्षक बुढ्थापाका अनुसार घटनाको अनुसन्धान जारी छ ।