© 2026
बुटवल, ११ साउन ।
रोटरी क्लब अफ बुटवल चौतारीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले आफ्नो वार्षिक कार्ययोजना अनुसार सुमित्रा मेमोरियल क्यान्सर अस्पताल, मायादेवी गाउँपालिका, बेथरीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको क्लवका अध्यक्ष राजु अधिकारीले जानकारी दिए ।
क्लवले ५११ वटा बिरुवा रोपेको र त्यसमध्ये अधिकांश फलफूलका बिरुवा रहेको निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए ।
वृक्षारोपण कार्यक्रममा रोटरी क्लव अफ बुटवल चौतारीका एजी प्रदीप उदयको पनि उपस्थिति रहेको थियो ।

रोटरी क्लव अफ बुटवल चौतारीद्वारा क्यान्सर अस्पताल परिसरमा वृक्षारोपण
त्यस्तै कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेल, पूर्वअध्यक्ष दिनेशमणि सुवेदी, मानार्थ सदस्य प्रेम पोखरेलको पनि वृक्षारोपण कार्यक्रममा उपस्थिति रहेको थियो ।
वृक्षारोपणका लागि पवित्रा मेमोरियल क्यान्सर अस्पतालका संस्थापक अर्जुन पौडेलले स्थान उपलव्ध गराएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
वृक्षारोपण कार्यक्रम सम्पन्न गर्नका लागि रोटरीयन माधव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कमिटी यसअघि नै निर्माण गरिएको थियो ।

वातावरण बचाउन र हरियाली कायम राख्नका लागि पनि वृक्षरोपण आवश्यक रहेकोले क्लवले यसलाई नियमित रुपमा अगाडि बढाएको कार्यक्रममा सहभागी रोटरीयनहरुले बताएका थिए ।
