ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार डा. हरिप्रसाद तिमिल्सिनालाई

१० श्रावण २०८२, शनिबार
१० श्रावण २०८२, शनिबार

नेपालगञ्ज , १० साउन ।

नेपाली साहित्य र सङ्गीतका उज्यालो तारा, बहुप्रतिभाका स्रष्टा स्वर्गीय प्रेम प्रकाश मल्ल ‘मधुकर’ को स्मृतिमा स्थापना गरिएको “प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार“ यस वर्ष डा. हरिप्रसाद तिमिल्सिनालाई प्रदान गरिएको छ ।

स्वर्गीय मल्लको ९०औँ जन्मजयन्तीको अवसरमा शनिबार नेपालगञ्जमा आयोजित एक भव्य समारोहका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य तथा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक समेत रहेका साहित्यकार तिमिल्सिनालाई पुरस्कार प्रदान गरिएको हो ।

सम्मानस्वरूप उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी दोसल्ला ओढाई, नगद रु. ५१ हजार एक सय ११ र सम्मानपत्र प्रदान गरे । पुरस्कार वितरण समारोह भेरी साहित्य समाज केन्द्रीय समितिको आयोजनामा सम्पन्न भएको हो ।

भेरी साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेत, प्राध्यापक डा. कृष्णप्रसाद घिमिरे, प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकाल, साहित्यकार नरेन्द्रजङ्ग पिटरलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा स्वर्गीय मल्लको साहित्यिक र सङ्गीतिक योगदानलाई स्मरण गरिएको थियो ।

पोखरा र वनकी म चरीजस्ता कालजयी गीतहरूका स्रष्टा मल्ल बहुप्रतिभाका धनी थिए । वि.सं. १९९३ साउन ११ गते जन्मनुभएका मल्लको २०७२ वैशाख ११ गते निधन भएको थियो ।

स्व. मल्लकी छोरी वाणीश्री मल्लले आफ्ना पिताको योगदानलाई जीवन्त राख्नको लागि यो पुरस्कार कोषको स्थापनामा मुख्य भूमिका खेलिन् । सुरुमा रु. ५ लाख १ सय ४७ को कोष स्थापना गरिएकोमा शनिवारको समारोहमा वाणीश्रीले थप रु. १ लाख योगदान गर्दै कोषको जम्मा रकम रु. ६ लाख १ सय ४७ पुगेको समाजका अध्यक्ष बस्नेतले जानकारी दिए ।

उनले भने, “स्वर्गीय मल्लले साहित्य र सङ्गीतमा जे योगदान दिनुभयो, त्यो राष्ट्रकै गहना हो । त्यसलाई उजागर गर्न हामीले अझ धेरै काम गर्न बाँकी छ ।’’

कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्वहरूद्वारा मल्लको सिर्जनात्मक योगदानलाई विशेष रूपमा उजागर गरियो। साहित्यकार पिटर, किरणा आचार्य, सुन्दर गुरुङ, लेखप्रसाद प्याकुरेललगायतले मल्ललाई नेपाली साहित्यको अमूल्य सम्पदा भनी स्मरण गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव रेग्मीले भने, “स्वर्गीय मल्लको सम्पूर्ण कृतिलाई एकै ठाउँमा समेटेर संरक्षण गर्नु आजको आवश्यकता हो । उहाँले पु¥याएको योगदानलाई नयाँ पुस्ताले पनि आत्मसात् गर्न सक्नुपर्छ ।’’

पुरस्कृत डा. तिमिल्सिनाले पुरस्कार ग्रहण गर्दै यो सम्मान आफूलाई थप सिर्जनशील बन्न प्रेरणा दिने बताए । उनले भने, “साहित्यको यात्रा निरन्तर छ । स्वर्गीय मल्लजस्ता मूर्धन्य स्रष्टाको नाममा प्रदान गरिएको यो पुरस्कार मेरो लागि अभूतपूर्व प्रेरणा हो ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?