Butwal Today

पार्वती बनिन् एनसेल करोडपति

१० श्रावण २०८२, शनिबार
अ+
अ-

काठमाडौँ, १० साउन ।

एनसेलको ‘सधै अन करोडपति’ योजनामा धादिङकी पार्वती कार्की एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेकी छिन् ।

उनले आठ वर्षअघि एनसेलको सीम किनेकी थिइन् र असारको तेस्रो साता रु ९९ को ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा सहभागी भइन ।

असार १ देखि ३२ गतेसम्म यो योजना सञ्चालन भएको थियो । गाउँमा खेती किसानी गर्ने कार्की महिला स्वास्थ्य स्वयंसेविका पनि हुन्  ।

एनसेलका अफिसर इनामुल कबिरले एनसेलको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गरेका छन् ।

बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन् ।