© २०२३
ठुला पर्वमा रमाउने र घुम्नेहरूको कमी देखिँदैन । कोही आफना परिवारसँग रमाउनछन् । कोही रमाउनका लागि मात्रै घुम्छन् । कोहि वर्षदिन भरीका आफनो कामको थकान मेट्न हिड्नछन् । कोहि आफनै देश भित्र त कोहि विदेशसम्म पुग्ने प्रचलन बढदो छ ।
अचेल यसरी घुम्न हिँड्नु एउटा फेसन जस्तो भइसकेको छ । दुई चार जना साथीहरू आफना कामका भारी बिसाउन पनि घुम्न जाने चलन छ । नयाँ ठाँउमा पुग्नु रमाउनु नयाँ स्थान हेर्नु र स्थानीय खानाको स्वाद लिनुको मज्जै बेग्लै छ ।
अहिले चाडपर्वमा घुम्न जाने परम्परा जस्तै छ । अधिकांश मानिसहरू व्यस्तताबाट केहि पर बसेर रमाउन चाहान्छन् । वर्षदिन भरी काम गरेको थकान मेटाउन पनि घुमाई एउटा औषधि हो, जस्ले फेरी काम गर्न उर्जा थप्छ ।
अहिले विभिन्न निजी तथा सरकारी कम्पनी र कार्यालय पनि आफना कर्मचारीहरूलाई काममा उर्जा थप्नका लागि घुमाउन लैजाने परम्परा बसेको छ ।
विद्यालयको अन्तिम वर्ष घुम्न जानु पनि हामी विद्यार्थीहरुका लागि पर्व जस्तै थियो । त्यो अवसर गुम्यो जीवनभरका लागि घुम्न पाएको भए अहिले कस्तो अनुभुति हुनथियो होला । अवसर गुम्यो अनुभुति संगाल्न पाइएन पछुतो छ आज पनि ।
तर शैक्षिक भ्रमणको विषयमा मेरो मानस पटलमा फरक अनुभूति छ । जतिबेला घुम्ने परम्परा विद्यालयमा मात्र थियो । घुमाई र सिकाई एक अर्काका परिपुरक हो भन्ने ठानेर सबै जसो विद्यालयले आफ्ना माथिल्ला कक्षामा पढ्ने विद्यार्थीहरूलाई घुमाउने प्रचलन थियो ।
जुन आजभोली पनि छ । त्यसको अवस्था फरक होला तर परम्परा निजी र सामुदायिक धेरै जसो विद्यालयमा छ ।
मलाई याद छ, धेरै वर्ष अगाडीको कुरा हो जहाँ सम्म २०५७ साल जस्तो लाग्छ ।
जतिबेला मेरो दाई कक्षा १० मा पढ्दै थियो । विद्यालयले शैक्षिक भ्रमणमा पोखरा र मनकामनाको यात्रा गराएको थियो । यात्रा पछि दाईले सुनाएका भ्रमणको रमाईला कहानी आज पनि उस्तै लाग्छ ।
दाईको त्यो भ्रमण करिव पाँच दिनको थियो । आफना साथीसँग नयाँ ठाँउमा रमाएका पललाई जस्तको त्यस्तै सुन्दा आफु पनि यात्रा गरे जस्तै अनुभुति भएको थियो ।
त्यो समय घरको आर्थिक अवस्था मध्यम तर पनि विद्यालयको कर्म भने पछि आमाले ५ सय रुपियाँ दिएर दाईलाई भ्रमण पठाएको हिजो जस्तै लाग्छ ।
यो सम्झना यहाँ मैले त्यसै गरेको होईन । त्यसको करिव २ वर्ष पछि मेरा पनि यस्तै दिनहरू आउँछन् भनेर कल्पना गरेको समय हो । तर त्यो विद्यालय जीवनको भ्रमण कल्पना अझै पनि पुरा भएको छैन ।
त्यसबेलाका शिक्षकहरू स्व. प्रअ उमा राई, झंकनाथ गैरे, प्रेम श्रेष्ठ, रघुनाथ पोखरेल, माया पौडेल,चन्द्रकान्त पराजुली लगायतका शिक्षकलाई मेरो अझै पनि प्रश्न छ, किन हामीलाई शैक्षिक भ्रमण जानबाट बन्चित गराउनुभएको ?
वास्तविक कारण जे भए पनि हामी कक्षा १० मा पढ्नेहरू त्यो वर्ष घुम्न जान अवसर पाएनौ । हामी अगाडीको वर्ष एसएलसीको परिक्षाको नतिजा राम्रो आएन । विद्यालयको सान घट्यो ।
त्यसको बदलामा हामीले शैक्षिक भ्रमणको अवसर गुमायौ । जुन आज पनि पछुतो छ । किन भने त्यो समय यस्तो थियो कि साथी भाई इष्टमित्रसँग घुम्न रमाउन जाने अवसर कम हुन्थ्यो ।
तर विद्यालयको भ्रमण भनेपछि सहज रूपमा अनुमति र पैसा पनि पाईने अवसर थियो । त्यसबेला किन जाने कसरी जाने भन्ने प्रश्न कम हुन्थ्यो ।
त्यो समय विद्यालयले भ्रमण लगेन परिवारमा पनि खुशी,शिक्षकहरूलाई पनि प्रत्येक वर्ष ६०/७० जनाको हुललाई लैजाने झन्झट भएनहोला तर अहिले त्यस बेलाका सबैलाई भ्रमण जान नपाएकोमा मलाई जस्तै पछुतो छ ।
त्यो समय सबै साथीहरूसँग पैसा थिएन । घुम्न जाने अवसर नि थिएन कतै गइहालम भने पनि परिवारको समर्थन हुने कुरै भएन । अहिलाका बच्चा जस्तो परिवारसँग घुम्ने अवसरको कल्पना पनि थिएन ।
त्यसैले पनि विद्यालयको अन्तिम वर्ष घुम्न जानु पनि हामी विद्यार्थीहरूका लागि पर्व जस्तै थियो । त्यो अवसर गुम्यो जीवनभरका लागि घुम्न पाएको भए अहिले कस्तो अनुभुति हुनथियो होला । अवसर गुम्यो अनुभुति संगाल्न पाइएन पछुतो छ आज पनि ।
हामी भन्दा अगाडी र पछाडीका धेरै जसो यस जनज्योति माध्यमिक विद्यालयका सबै निरन्तर भ्रमण गए र आजभोलि नि तिनै शिक्षकहरूले विद्यार्थीको सिकाई भन्दै भ्रमण हिडेको देख्छु । र यसो सोच्छु किन होला हाम्रो पालामा नलगेको जिज्ञासा अझै पनि लागि रहन्छ ।
मनमा यो विचार केहि महिना अघि पनि नआएको होईन । नविन औद्योगिक कदर बहादुर रिता रायमाझी माध्यमिक विद्यालयले आफना विद्यार्थीहरूलाई सिकाईका लागि भन्दै पोखरा शैक्षिक भ्रमण लगेको थियो ।
त्यो भम्रणमा मसँगै घरमा बस्ने बहिनी पनि गएकी थिईन । उनले भम्रणबाट फर्के पछि जीवनमा यस्तो रमाईलो कहिल्यै हुदैन भनिन । साथी भाईहरू नयाँ ठाँउ देखेर धेरै कुरा सिके । नयाँ ठाँउको बसाईले उर्जा बढ्यो ।
साथीहरूसँगको घुमाईले मनमा आनन्द भयो । अरू विद्यालयका साथीहरू पनि यात्रमा भेटिए । विद्यालयको पढाई बोध कम भयो । यो सुनि रहदा हाम्रा शिक्षकहरू घुम्ने मात्रै होईन पढाई बोझ घटाउन पनि समय दिएनन जस्तो महसुस भयो ।
आजभोलि सिक्ने र सिकाउने उद्देश्य धेरै भम्रणहरू तय हुन्छन् ।
विद्यार्थीहरू फिल्डमा नै गर्न पर्ने धेरै विषयहरू भएका कारण पनि कक्षा ९,१० मात्रै होईन ११ ,१२ कक्षामा पनि शौक्षिक भ्रमणको अवधारणा धेरै भएको छ । विद्यालयमा मात्र होईन । यसरी घुमाउनमा अहिले सहकारी अंग्रपतmीमा पर्छ भन्दा फरक नपर्ला ।
प्रत्येक वर्ष बजेट नै छुट्याएर आफना सदस्यहरूलाई विभिन्न स्थानमा घुमाउने र अरू सहकारीहरूले गरेका प्रगती उन्नतीलाई देखाउने सिकाउने गरेको पाईन्छ । कतिपय सहकारी संस्थाहरूले कृषि सिकाईलाई पनि भ्रमणकाृ पाटोको रूपमा लिएका छन् ।
त्यो मात्रै होईन निजि तथा सामुदायिक विद्यालयहरूले पनि आजभोलि प्राविधिक सिकाईका लागि स्थलगत रूपमा सिकाई भ्रमणलाई प्राथकितमा राख्ने गरेका छन् । जहाँबाट विद्यार्थीहरूले सिकाईलाई प्रत्यक्ष अनुभव गरेर पढाईलाई व्यवहारमा लागु गरेर शौक्षिक योग्यतालाई बलियो बनाउन सहयोग भईरहेको छ ।
हुन त आजभोलीका विषयहरूमा पनि धेरै विद्यार्थीहरूले प्राविधिक विषयलाई आफनो रोजाईमा पार्ने गरेका छन् । त्यो मात्र होईन विद्यालयले पनि कुन समयमा कहाँको भ्रमणबाट के सिकाई उपलब्धी हासिल गर्ने भन्ने कुरालाई अध्यन्नको वार्षिक कार्य योजनामा राखेर नै अध्यापन गराईरहको पाउन सकिन्छ ।
घुमाइ र देखाईले धेरै कुरालाई सजिलै र सहज रूपमा ग्रहण गर्न सकिने भएकाले पनि शौक्षिक भ्रमण भनिएको हुनु पर्छ तर म आफनो विद्यार्थी जीवनकालका शैक्षिक भ्रमणको मिठो अनुभव गर्न नपाउने मध्येको एक पात्र हुँ । यसको पछुतो सधै लागि रहने छ ।
विद्यालयकालको अनुभव मेरा लागि सधै अधुरो भएको छ । अझै पनि के कारणले भ्रमण स्थगित भयो भन्ने प्रश्न मनमा गडिरहेको छ । मैले उत्तर पाएको छैन् तर प्रश्न भने हराएर गएको छैन् ।
शैक्षिक भ्रमण विद्यार्थीका लागि सिक्ने मध्येको महत्वपूर्ण क्रियाकलाप हो । कक्षाकोठामा पढाइएका सैद्धान्तिक ज्ञानहरूलाई व्यवहारिक रूपमा बुझ्न शैक्षिक भ्रमणले ठूलो भूमिका खेल्दछ ।
भ्रमणले नयाँ ठाउँहरूको अवलोकन गर्ने, सामाजिक व्यवहार सिक्ने, समूहमा काम गर्ने सीप विकास गर्ने, र आत्मनिर्भर बन्ने अवसर प्रदान गर्छ । पाठ्यक्रममा समावेश विषयवस्तुहरूलाई प्रत्यक्ष रूपमा हेर्ने मौका पाउँदा सिकाइ प्रभावकारी हुन्छ ।
विद्यार्थीको ज्ञान मात्र होइन, जिज्ञासा र खोज गर्ने क्षमतालाई पनि प्रोत्साहन गर्दछ । त्यसैले, शैक्षिक भ्रमणलाई केवल घुमघामको कार्यक्रम हैन, सिक्ने महत्वपूर्ण क्रियाकलापका रूपमा विद्यालयले आयोजना गर्नु आवश्यक छ ।