ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

महिनावारीलाई लाज होइन, सिकाइको अवसर बनाउँदै किशोरीहरू

१० श्रावण २०८२, शनिबार
१० श्रावण २०८२, शनिबार

पाल्पा, १० साउन ।

जिल्लाको तिलोत्तमा मावि, दोभान कक्षा १० मा अध्ययनरत विद्यार्थी मञ्जु रानाले महिनावारी भएको बेलामा विद्यालय नछोडेको तीन वर्ष भयो ।

मस्याम मा.वि.मा अध्ययनरत कक्षा ९ की सुनिता दर्लामी पनि महिनावारी भएको समयमा विद्यालय नियमित आउन लागेको दुई वर्ष भएको बताउँछिन् ।

रामतुल्सी मा.वि.मा अध्ययनरत कक्षा १२ की १९ वर्षीय प्रमीला श्रेष्ठ नियमित महिनावारी भएको बेला विद्यालयमा पढाई नछुटाएको ५ वर्ष भएको बताउँछिन् ।

राना, दर्लामी र श्रेष्ठ जस्ता किशोरीहरू महिनावारीका समयमा विद्यालय छाड्नेको संख्या अत्यधिक थियो । सचेतनाको कमी, स्वास्थ्य तथा सरसफाइको कमी र मानसिक रूपमा हीनताबोध हुनु र सेनेटरी प्याडको व्यवस्था हुन नसक्दा विद्यालयमा पठन पाठन छाड्नु पर्ने बाध्यता रहेको उनीहरू बताउँछन् ।

महिनावारी भएको समयमा कुनै कुनैलाई अत्यधिक रक्त श्राप हुने हुँदा र सरसफाइमा ध्यान नदिँदा किशोरीहरू महिनावारीको समयमा अझै पनि विद्यालय आउन छाडने क्रम रोकिएको छैन ।

विद्यालय समुदायमा आधारित महिनावारी स्वच्छता सम्बन्धी नेपाल परिवार नियोजन सङ्घले सचेतनाको कार्यक्रम सँगै स्वास्थ्य कार्यक्रम सञ्चालन गरेका कारण महिनावारीका समयमा पनि किशोरीहरू नियमित रूपमा विद्यालय आउने गरेको शिक्षकहरू बताउँछन् ।

सचेतना र सरसफाइका कारणले महिनावारीका समयमा किशोरी मात्र होइन विद्यालयमा अध्यापन गर्न शिक्षिकाहरू पनि विद्यालयमा बिदा लिने गरेको एक शिक्षिकाले बताउँछिन् ।

विद्यालयमा सेनेटरी प्याडको व्यवस्था थिएन । आफैले घरै बाट ल्याएको प्याड फेर्ने ठाउँ पनि सुरक्षित नहुँदा महिनावारीको समयमा विद्यालय छाड्ने रहर भन्दा बाध्यता भएको शिक्षिकाहरू बताउँछन् । सामाजिक परिवेश पनि त्यस्तै नै थियो ।

पुरुषलाई छुन हुँदैन भन्ने प्रचलन आज पनि हटेको छैन । त्यसको प्रभाव पनि परेका कारणले थप समस्या भएको शिक्षिका कल्पना खनाल बताउँछिन् ।

परिवार नियोजन सङ्घको नेतृत्व, तत्कालीन समयमा जिल्ला विकास समिति, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालयको सहयोगमा सचेतनाको कार्यक्रम सँगै वातावरण मैत्री प्याडको व्यवस्था सुरक्षित महिनावारी कप वितरण सँगै सरसफाइ जस्ता विषय र सुरक्षित शौचालयको निर्माण कार्य अभियानको रूपमा अगाडि बढेपछि किशोरीहरू विद्यालयमा महिनाबारीको समयमा नियमित आउने गरेको परिवार नियोजनका सङ्घका प्रबन्धक शोभाकान्त न्यौपाने बत्ताउँछन् ।

महिनावारी स्वच्छता सम्बन्धी विद्यालय समुदाय तहमा पुगेर सचेतना कार्यक्रम सँगै सडक नाटक प्रदर्शन सँगै किशोर किशोरी शिक्षा, विद्यालय तहमा वतृत्वकला जस्ता विषयमा धेरै पटक कार्यक्रम गरेपछि परिवर्तन आएको उनी बताउँछन् । ग्रामीण क्षेत्रमा चेतनाको कमीले गर्दा विद्यालय अनुपस्थित स्वाभाविक भए पनि शिक्षित वर्गमा समेत यसले नराम्रो सँग असर पारेको थियो ।

जब परिवार नियोजनको स्वयम सेवकले समुदाय तहमा पुगेर किशोरीहरूमा सचेतनाको सन्देश प्रभाव भएका कारण आज धेरै परिवर्तन भएको रामपुर नगरका नवदुर्गा मा.विका शिक्षक दिपेन्द्र भट्टराई बताउँछन् ।

किशोरीहरू महिनावारी भएका बेला विद्यालय छाड्नु नपर्ने भएको, घरै बाट प्याड बोक्न नपर्ने र प्याड कहाँ फल्ने भन्ने मानसिक दबाब नभएको विद्यार्थी रिमकला न्यौपाने बत्ताउँछिन् ।

तानसेन नगर पालिकाका प्रमुख सन्तोष लाल श्रेष्ठ भन्दछन् किशोरीहरूको यस्तो संवेदनशील समस्यालाई नगर सरकारले नियालेको र त्यही अनुरूप सहयोग पनि गरेको छ ।

रामपुर नगर सरकारका प्रमुख रमण थापा पनि परिवार नियोजन सङ्घको कार्यक्रमबाट प्रभावित भएका कारण विगतको परिस्थिति र अहिलेको परिस्थित र अवस्था निकै परिवर्तन भएको छ ।

गौरी शङ्कर मा.बिमा अध्ययनरत किशोरी भन्दछिन् । यौन तथा प्रजनन शिक्षाका विषयमा आफूले पाठ्यपुस्तकमा अध्ययन गरेको भन्दा पृथक् ज्ञान हासिल गरेको र स्वास्थ्य संवेदनशील प्रति आफ्नो उमेर समूहलाई निकै सचेत बनाएको उनी भन्दछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?