ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

मिडिया र निजी क्षेत्रबीचको सहकार्य सुदृढ गर्न अन्तरक्रिया 

१० श्रावण २०८२, शनिबार
१० श्रावण २०८२, शनिबार

नेपालगञ्ज ।

बाँकेका पत्रकार तथा उद्मोगी ब्यावसायीले समाजमा सकारात्मक परिवर्तन ल्याउने विषयमा सहकार्य गर्ने सहमति गरेका छन् । शुक्रवार नेपालगञ्जमा आयोजित ‘मिडिया र निजी क्षेत्र : सहकार्य र सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो सहमति भएको हो ।

नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा र नेपालगञ्ज उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित उक्त कार्यक्रममा मिडिया र निजी व्यवसायबीचको आपसी समझदारी, सहकार्य र सशक्त सम्बन्ध निर्माणका लागि सार्थक छलफल तथा प्रतिबद्धताहरु प्रस्तुत गरिएको थियो । पत्रकार र व्यवसायीबीच विश्वासको वातावरण सृजना गर्दै दुई पक्षीय सहकार्यलाई दीगो बनाउन आग्रह गरिएको थियो।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी र नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष टंकबहादुर थामीले संयुक्त रूपमा सहकार्यका लागि प्रतिबद्धता जनाउँदै ८ बुँदे सहमति–प्रस्ताव सार्वजनिक गरेका थिए । ती प्रस्तावहरूमा उद्योग व्यवसाय र मिडियाबीच परस्पर समन्वय अपरिहार्य भएकोले दुबै क्षेत्रको योगदानलाई सकारात्मक ढंगले प्रस्तुत गर्ने, स्थानीय उत्पादन, पर्यटन, रोजगारी तथा बजार विस्तारका लागि पत्रकारले प्रवर्द्धन गर्ने र व्यवसायीले मिडियालाई आवश्यक जानकारी उपलब्ध गराउने, विपद्, संकट वा आपतकालीन अवस्थामा मिडिया र व्यवसायीबीच सहकार्य गरी समस्या समाधानमा संयुक्त प्रयास गर्ने लगायतका बुँदाहरू समेटिएका छन् ।

साथै मिडियामा विज्ञापन, जानकारी र सूचना प्रवाहलाई व्यवस्थित गर्ने विषयमा संयुक्त सहकार्यको प्रतिबद्धता जनाइएको। कार्यक्रमको अन्त्यतिर नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरी र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष थामीले दुबै संस्थाको तर्फबाट हस्ताक्षर गर्दै सहमतिको पत्र सार्वजनिक गरेका थिए। उनीहरूले मिडिया र निजी क्षेत्रबीच पारस्परिक विश्वास, सम्मान र दीगो सहकार्यको खाँचो रहेको बताए ।

कार्यक्रममा पत्रकार, व्यवसायी, उद्योगी, होटल व्यवसायी, सेवा प्रदायक, टेलिभिजन, रेडियो, अनलाइन तथा छापा माध्यमका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो। उपस्थित वक्ताहरूले मिडिया र व्यवसायीबीचको सम्बन्धले सामाजिक र आर्थिक विकासमा टेवा पुर्याउने कुरामा जोड दिएका थिए । दुबै पक्षबीच भविष्यमा नियमित संवाद र सहकार्य कायम गरिने प्रतिबद्धता जनाइएकाले यो कार्यक्रम स्थानीय विकास र सूचना प्रवाहमा एक कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?