ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

पोषणमैत्री स्थानीय शासनसम्बन्धी नीतिगत अभिमुखिकरण

१० श्रावण २०८२, शनिबार
१० श्रावण २०८२, शनिबार

नेपालगञ्ज , १० साउन ।

बाँकेको राप्ती सोनारी गाउँपालिकामा पोषणमैत्री स्थानीय शासनको अवधारणा तथा कार्यान्वयनका चरणहरूबारे आज अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

पोषणलाई स्थानीय शासन प्रणालीमा कसरी एकीकृत गर्न सकिन्छ भन्ने विषयमा स्पष्ट मार्गदर्शन प्रदान गर्ने उद्देश्यले प्रक्रियागत कार्य कार्यान्वयनकालागि अवलम्बन तथा घोषणा प्रक्रिया सम्बन्धी गाउँपालिका स्तरीय नीतिगत अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

राप्ती सोनारी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा पोषणमैत्री राष्ट्रिय सहजकर्ताका रूपमा विष्णु प्रसाद चौबे र सोही मन्त्रालयका उपसचिव रेशम कँडेलले सहजीकरण गरे । उनीहरूले पोषणमैत्री स्थानीय शासनको अवधारणा, यसको कार्यान्वयनका चरणहरू, स्थानीय तहमा अपनाउनुपर्ने नीतिगत र प्रक्रियागत उपायहरूबारे प्रस्तुति दिए । कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले पोषणलाई स्थानीय विकासको आधारका रूपमा लिएर गाउँपालिका अघि बढ्ने प्रतिवद्धता जनाए । उनले भने, “हामी नीतिगत रूपमा पोषणमैत्री शासनको आधार तयार गर्दैछौं, अब कार्यान्वयनमा ध्यान केन्द्रित गर्न जरुरी छ ।’’

कार्यक्रममा सहभागी विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले पोषणसँग सम्बन्धित समस्या, समाधान र स्थानीय सन्दर्भमा प्रभावकारी रणनीतिका बारेमा आ–आफ्नो धारणा राखेका थिए । बालबालिका, महिला, किशोरी र दुर्गम बस्तीका पोषण अवस्था सुधार गर्न स्थानीय तहको नीतिगत प्रतिबद्धता र बहुपक्षीय सहकार्य अपरिहार्य रहेको उनीहरूको भनाई थियो ।

सहजीकरणका क्रममा विष्णु प्रसाद चौबेले नेपाल सरकारको पोषणमैत्री स्थानीय शासनसम्बन्धी मार्गदर्शिका, कार्यान्वयन रणनीति र अनुगमन विधिबारे विस्तृत जानकारी दिए । उनले स्थानीय तहमार्फत पोषण सुधारका कार्यक्रमहरू समावेश गर्दा दीर्घकालीन र दिगो परिणाम प्राप्त गर्न सकिने उल्लेख गरे ।

यसैगरी कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले महिला, बालबालिका र सबै नागरिकको पोषण सुधार गर्ने गाउँपालिकाको साझा उद्देश्य रहेको बताए । गाउँपालिकाले आगामी दिनमा पोषणमैत्री स्थानीय शासन घोषणा गर्ने दिशामा ठोस कदम चाल्ने उनले बताए । अभिमुखिकरण कार्यक्रमले पोषणको महत्व र त्यसलाई स्थानीय शासनको संरचनाभित्र कसरी संस्थागत गर्ने भन्नेबारे गहिरो समझदारी कायम गरेको कार्यक्रमका सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

कार्यक्रमले नीति, योजना र कार्यान्वयनको समन्वयमा टेवा पु¥याउने स्थानीय जनप्रतनिधिहरुले विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित कार्यपालिका सदस्यहरू, गाउँपालिकाका सम्पूर्ण विषयगत शाखा प्रमुखहरू, ९ वटै वडाका वडाध्यक्षहरू, वडासचिवहरू, स्वास्थ्य चौकीका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापकहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, बाल समूह सञ्जालका बालबालिका, महिला सहकारीका अध्यक्षहरू, टोल विकास संस्थाका संयोजकहरू, इलाका प्रहरी कार्यालय कुसुम र बैजापुरका प्रहरी ईन्चार्जहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?