ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

तिलौराकोटमाथि किन यति बेवास्ता ? 

९ श्रावण २०८२, शुक्रबार
९ श्रावण २०८२, शुक्रबार

कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने नेपाल सरकारको प्रयास तत्कालका लागि विफल भएको समाचारले नेपालीहरूलाई स्तब्ध बनाएको छ ।

नेपालमाथि युनेस्कोले गरेको यो अन्याय हो । फ्रान्सको पेरिसमा आयोजना भएको युनेस्कोको ४७ औँ सेसनमा भाग लिन गएको नेपालको प्रतिनिधिमण्डलले नेपालको प्रस्तावलाई स्थगन गरेको सुन्दा आश्चर्यचकित बनाएको छ । यो भनेको नेपालमाथिको अन्याय मात्रै होइन, नेपालका ऐतिहासिक सांस्कृतिक सम्पदामाथिको अपेहलना र दुर्व्यवहार पनि हो ।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने भन्दै जसरी प्रचारप्रसार गरिएको थियो, नतिजा ठिक विपरीत भएपछि कपिलवस्तुवासीमात्रै होइन, लुम्बिनी र कपिलवस्तुप्रति चासो र चिन्ता राख्ने आम नेपालीलाई निराश बनाएको छ ।

युनेस्कोले जसरी नेपालको प्रस्तावलाई स्थगन गरेको छ, त्यसबाट उसैलाई ठूलो नोक्सानी हुने अवस्था आउने छ । किनभने तिलौराकोट जस्तो ऐतिहासिक सम्पदालाई ओझेलमा पार्नु भनेको युनेस्कोकोको गरिमामाथि आँच आउनु हो ।

युनेस्कोको ४७ औँ बैठकमा सहभागी सदस्य सबै राष्ट्रले इकोमसको प्रतिवेदनलाई समर्थन जनाएपछि तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास असफल भएपनि अर्को पटकको बैठकमा पूर्व तयारीकासाथ नेपालले दवाव वनाउनु जरुरी छ ।

इकोमसको प्रस्तावमाथि बैठकमा सहभागी कुनैपनि सदस्य राष्ट्रले नेपालको पक्षमा संशोधन प्रस्ताव हालेको भए तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रस्ताव पेस हुन सक्थ्यो । नेपालको पक्षबाट यसबारे कूटनीतिक पहल कमजोर हुँदा त्यो सम्भव नभएको बताईएको छ ।

नेपालले समयमै यस बिषयमा बृहद गृहकार्य गर्नुका साथै युनेस्कोका सदस्य राष्ट्रलाई दवाव दिएर पहल गर्नुपथ्र्यो । त्यसकारण नेपाल पनि यो विषयमा चुकेको छ । निश्चितरूपमा प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोट सिद्धार्थले २९ वर्षसम्मको शैशवकाल बिताएको ऐतिहासिक एवं पुरातात्विक स्थल हो ।

त्यहाँ हरेक बर्ष विश्वकै नाम चलेका पुरातत्वविदहरूले उत्खननको काम गर्दै आएका छन् । अफसोस् यति महत्वपूर्ण स्थललाई विश्व सम्पदा सूचीमा राख्ने काममा ढिलाई हुनु चिन्ताको कुरा हो । नेपालले विगत केही बर्षदेखि तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत पहल गर्दै आएको थियो ।

खासगरी सन् १९९६ देखि नै प्रमाण र आधारहरू जुटाउन प्रयास थालिएको थियो । त्यहाँ उत्खननको क्रममा फेला परेका पुरातात्विक वस्तुहरूको वैज्ञानिक अनुसन्धान र अध्ययनको आधारमा राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरातत्व विज्ञहरूले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाणसहितको प्रतिवेदन तयार गरेका थिए ।

यति हुँदापनि विश्व सम्पदामा पर्न ढिलाई हुनुका पछि कुनै देशको हात त छैन ? प्रश्न उत्पन्न भएको छ । आजभन्दा २६०० बर्ष अघिको इतिहास बोकेको राजा शुद्धोधनको ऐतिहासिक दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न युनेस्कोले यसअघिको बैठकमा पनि आनाकानी गरेको थियो ।

तिलौराकोट विश्व सम्पदा सूचीमा सूचिकृत गर्न नहुने कुनैपनि आधार छैनन । बरू यसमा ढिलाई भएको छ । युनेस्कोलाई दवाव दिन नसकेकै कारण ढिलाई भएको हो भने अर्कै कुरा, होइन भने तिलौराकोटलाई यसपटक किन सूचिकृत गरिएन ? युनेस्कोले जवाफ दिनुपर्दछ ।

विगतमा पनि युनेस्कोका प्रतिनिधिहरूले तिलौराकोट भ्रमण गरेर विश्व सम्पदा सूचीमा राख्ने आश्वासन दिएकै हुन । खासगरी सिद्धार्थले २९ वर्षे बाल्यकाल बिताएको तिलौराकोट दरवार यही क्षेत्र हो भन्ने विश्वले प्रमाणित गरिसकेको छ । अव कोही कसैले दावी गर्दैमा प्राचीन तिलौराकोटको अस्तित्व हराउन सक्दैन ।

भारतले नक्कली कपिलवस्तु बनाएको भन्ने भ्रममा विदेशी पर्यटकहरूलाई गुमराहमा पार्ने प्रयास नभएको होइन तर विश्वका वरिष्ठ पुरातत्ववीदहरूले तिलौराकोट नेपालकै कपिलवस्तुमा पर्दछ भन्ने प्रमाणित गरिदिएका छन र भ्रममा कोही पर्नुपर्ने अव कुनै कारण र आवश्यकता छैन ।

युनेस्कोले अझैपनि ढिलाई गर्नुभित्रको रहस्य के हो ? सरकारले खोजी गर्नुपर्ने बिषय छ । र, नेपाल सरकारले युनेस्कोको अव हुने बैठकमा तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन पहलमात्रै होइन, दवाव देओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?