Butwal Today

सभामुख घिमिरे आइतबार स्विटजरल्याण्ड जाने

९ श्रावण २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ, ९ साउन ।

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरे बिच भेटवार्ता भएको छ। सो भेटवार्ता राष्ट्रपति निवास शीतल निवासमा भएको हो ।

भेटमा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागिता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?