© २०२३
काठमाडौँ, ९ साउन ।
राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरे बिच भेटवार्ता भएको छ। सो भेटवार्ता राष्ट्रपति निवास शीतल निवासमा भएको हो ।
भेटमा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागिता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ।