थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम भेचायचाइले आफ्नो देश र कम्बोडियाबीच जारी सीमा विवाद भयानक युद्धमा परिणत हुन सक्ने चेतावनी दिएका छन्।
दुई देशबीच बिहीबारदेखि जारी सैन्य झडपमा कम्तीमा १६ जनाको मृत्यु भइसकेको छ भने लाखौँ मानिस विस्थापित भएका छन्।
यो सीमा विवाद एक शताब्दीभन्दा लामो समयदेखि चल्दै आएको हो। थाइल्यान्डको उबोन रत्चाथनी र सुरिन प्रान्तमा भएको झडपमा धेरै घाइते भएका छन् भने करिब एक लाख मानिस विस्थापित भएका छन्।
कम्बोडियाको ओड्डार मिन्चे प्रान्तमा पनि १५०० भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
सीमा विवादसँग सम्बन्धित घटनाक्रममा कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँग भएको फोन कुराकानी सार्वजनिक भएपछि कम्बोडियाको संवैधानिक अदालतले हुन सेनलाई प्रधानमन्त्री पदबाट निलम्बन गरेको थियो।
त्यसपछि उपप्रधानमन्त्री फुम्थम भेचायचाइलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।