© २०२३
काठमाडौं, ९ साउन।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष तथा पत्नी रञ्जिता चौधरीलाई केन्द्रीय समितिको बैठकमा उपस्थित भई आफूमाथि लागेका आरोपको स्पष्ट जवाफ दिन आग्रह गरेका छन्।
कास्कीको लिचीबारी प्रकरणमा संलग्न बिचौलिया समूहसँग जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन पुगेकी अध्यक्ष रञ्जितालाई रेशमले बैठकमा आएर जवाफ दिनु अनिवार्य रहेको बताएका हुन्।
अध्यक्ष रञ्जिता भाग्न नपाउने र आफूमाथि लागेका गम्भीर आरोपबारे पार्टीको आधिकारिक बैठकमा स्पष्ट रूपमा बोल्नुपर्ने एक भिडियो सन्देश जारी गर्दै रेशमले भनेका छन् । उनले पार्टीभित्रको विवाद समाधान गर्न खुला संवाद आवश्यक रहेको पनि बताए।
पार्टी अध्यक्ष रञ्जिता चौधरीमाथि उठेको विवादबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने संरक्षक चौधरीले बताएका छन्। उनले हालको परिस्थितिको मूल कारण रञ्जिता नै भएको आरोप लगाउँदै केन्द्रीय समिति बैठकमा उपस्थित भई जवाफ दिन आग्रह गरेका छन्।
रेशमले केन्द्रीय समितिमा उपस्थिति जनाएर मात्रै रञ्जिता चौधरीको पक्षमा वा विपक्षमा बहसको ढोका खुल्ने बताएका छन्।
साथै, उनले पार्टीलाई व्यक्तिगत स्वार्थका लागि बन्धक बनाउने प्रयास नगर्न सुझाव दिएका छन ।