© २०२३
बुटवल, ९ साउन ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनको २४ औ पद स्थापन कार्यक्रम फरक ढंगबाट गरिएको छ । कार्यक्रममा अतिथि सत्कार, मालाखादा, मायाको चिनो लगायतमा हुने फुजल खर्चको करीब डेढ लाख रुपैया विभिन्न संघसंस्थाहरुलाई छात्रवृत्ति र सहयोग वितरण गरि मनाईयो ।
रोटरीको मुल मर्म अनुसार नै सेवा भावनालाई प्राथमिकता दिएर फजुल खर्चलाई सदुपयोग गरेको वर्ष २०२४/२५ का अध्यक्ष शिव ज्ञवालीले बताए । निवर्तमान हुदै गरेका अध्यक्षबाट आफनो टिम, सहयोग गर्ने विभिन्न संस्था, अतिथिहरुलाई मायाको चिनो दिने पुरानै प्रचलन छ । यो खर्चलाई सेवामा लगाएको उनले बताए ।
—(मायाको चिनो) ८ हजार रुपैयाँ दिवाकर स्मृति प्रतिष्ठानमार्फत एकजना बिरामीलाई ह्विलचेयर सहयोगस्वरूप प्रदान गरियो ।
—(खादामाला) ४ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री साधना महिला विद्यालयका कक्षा ४ मा अध्ययनरत विद्यार्थीलाई दिइयो ।
— (क्लबका पूर्वअध्यक्षहरूको मायाको चिनो) ५० हजार रुपैयाँ रोल्पास्थित विद्यालयलाई हस्तान्तरण गरियो ।
— (फाईभ स्ट्याडिङ कमिटिको मायाको चिनो) १० हजार रुपैयाँ नेपाल अपाङ्ग आश्रमलाई खाद्यान्न स्वरूप सहयोग गरियो ।
—(क्लबका सदस्यहरुको मायाको चिनो) ५० हजार रुपैयाँ बराबरको औषधि र चेक मानव सेवा आश्रमलाई क्लब सदस्यहरूको तर्फबाट प्रदान गरियो ।
—(रोटरी क्लब अध्यक्षको मायाको चिनो) १५ हजार रुपैयाँ मृगौला पीडित समाजलाई र ७ हजार रुपैयाँ साधना विद्यालयकी रेनुका परियारलाई सहयोग स्वरूप दिइयो ।
कार्यक्रमको एक समारोहका बिच रोटरी डिष्ट्रिक ३२९२ का पुर्व डिजि सन्जय गिरिले उद्घाटन गर्दै हरेक क्लब रोटरीको मुलमन्त्रलाई जोड दिएमात्र उत्कृष्ट हुने बताए । समाज परिवर्तनमा योगदानको चर्चा गर्दै उनले क्लबलाई फुर्तिलो र क्रियाशिल बनाउन सुझाव दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले क्लबबाट गरिएको उत्कृष्ट कार्यक्रमलाई अन्य क्लबहरु पनि अप्नाउदै जानुपर्ने सुझाव दिईन । रोटरी समाजमा शिक्षा, स्वस्थ्यको क्षेत्रमा गरेको योगदानलाई स्मरण गरिन ।
कार्यक्रममा वर्ष २०२५/२६ का अध्यक्ष बाबुराम बन्जाडेले आफनो कार्यक्रममा गर्ने भावि योजनाहरु बारे प्रकाश पारे । यो वर्ष गुल्मीको विद्यालयमा लिटेरेसी अन्तरगत कम्युटर एक्सपोर्टहरुलाई तालिम, अर्घाखाँचीमा रहेको कुमाल गाउमा १ सय जनालाई ईलेक्ट्रिक चुलो बितरण गर्ने लगायतका परियोजनाको तयारी रहेको उनले बताए । यसैबिच क्लबका एसाइन एजी शिव गौडेलले नया सदस्यहरुलाई शपथ खुवाए ।
कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का पुर्व डिजि जितेन्द्रराज भण्डारी, राजेन्द्र प्रसाद ध्वजु, डिष्ट्रिक ईलेक्ट विष्णुबहादुर कार्की, आईपि डिआरआर विक्रम क्षेत्री, टंक प्रसाद पोखरेल, रोटरी क्लब अफ बुटवलका अध्यक्ष कृष्ण पराजुली, कार्यक्रम संयोजक धर्मदत्त ज्ञवाली, क्लबका सचिव केशव बश्यालले स्थानिय सरकार, सरोकारवाला निकायहरुसंग समन्वय गरेर कार्यहरु गर्न सके श्रोत सुनिश्चितता र प्रभावकारीता हुने बताए ।