ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

भारतीय कावड यात्रुहरू पैदलै नेपालगञ्ज, बागेश्वरी मन्दिरमा हजारौंले गरे जलार्पण

९ श्रावण २०८२, शुक्रबार
९ श्रावण २०८२, शुक्रबार

नेपालगञ्ज, ९ साउन ।

साउन महिनाको पवित्र अवसरमा भारतको उत्तरप्रदेशबाट हजारौं भक्तजनहरु बिहीवार नेपालगञ्जको वागेश्वरी मन्दिरमा दर्शन गरेका छन् । भारत उत्तर प्रदेश राज्य अन्तर्गत नानपारा तहसीलबाट करिब तीन हजार कावड यात्रीहरू नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरभित्र अवस्थित खडेश्वर जुंगे महादेवलाई मैत्री जल अर्पण गर्नुका साथै मन्दिर दर्शन गरेका हुन् । कावड यात्रीहरूले सरयू नदीको तट शिवपुर तकिया घाटबाट पवित्र जल संकलन गरी सयौं किलोमिटर लामो पैदल यात्रा गर्दै नेपालगञ्जको वागेश्वरी मन्दिरमा पूजा–अर्चना गरेर विहिवार दिउँसो भारत फर्किएका छन् । यो धार्मिक यात्राले भारत–नेपालबीचको धार्मिक, सांस्कृतिक र मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाएको देखिन्छ ।

नवयुवक कावरिया संघ, नानपारा भारतका तहसील अध्यक्ष कुंवर बद्रीनाथ प्रताप सिंहको नेतृत्वमा आएको टोलीले बागेश्वरी मन्दिरमा खडेश्वर महादेवको विशेष पूजा गरेर जल चढाएको थियो । “यस यात्राले हाम्रो साझा धार्मिक परम्परा र आपसी विश्वासलाई बलियो बनाउने विश्वास लिएको छु,” कावड यात्रुको नेतृत्व गरेर आएका सिंहले भने ।

बागेश्वरी गुठी व्यवस्थापन समितिका कार्यालय प्रमुख राजु केसीका अनुसार मन्दिर परिसरमा हजारौं यात्रुहरूको आगमनलाई सहज बनाउन विशेष व्यवस्था मिलाइएको थियो । “नेपालगञ्ज र भारतबीचको यस्तो भावनात्मक र अध्यात्मिक सम्बन्ध जोगाइराख्न यस्ता यात्राहरू अनिवार्य छन्,” गुठी समितिका कार्यालय प्रमुख केसीले बताए । उनका अनुसार यात्रुहरूको सहजता सुनिश्चित गर्न सम्पूर्ण तयारी गरिएको थियो । सुरक्षाकर्मी, स्वयंसेवक र धार्मिक संस्थाहरूको समन्वयमा यात्रुहरूको आगमनदेखि पूजाआजासम्म सबै पक्षको व्यवस्थापन चुस्त देखिएको थियो । भजन–कीर्तन, मन्त्र उच्चारण, धूप–दीप प्रज्वलनले मन्दिर क्षेत्रलाई पूर्णरूपमा आध्यात्मिक वातावरणमा ढालेको थियो । यस्तो दृश्यले भगवान शिवको प्रत्यक्ष उपस्थितिको आभास दिलाएको स्थानीय भक्तजनहरु बताए ।

नेपालगञ्ज र आसपास क्षेत्रका धार्मिक अगुवा, स्थानीय संघ–संस्थाहरू तथा व्यवसायीहरूले यात्रुहरूको स्वागतमा विशेष तत्परता देखाएका थिए । बागेश्वरी मन्दिरको धार्मिक महत्व र यात्रुहरूको भावनात्मक आस्थाले नेपालगञ्जलाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र बनाउने स्पष्ट संकेत देखिएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिक्देल बताए । धार्मिक पर्यटनले आर्थिक गतिविधिमा प्रत्यक्ष योगदान पुर्याउने भएकाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु जरुरी रहेको अध्यक्ष सिक्देलको भनाइ छ ।

यसपालिको यात्रा विशेष थियो । एकातिर हजारौं भक्तहरूको एकैपटक आगमन, अर्कोतिर “मैत्री जल” को अवधारणा । यो प्रतीकात्मक जल अर्पणले केवल शिवजीप्रति आस्था मात्रै होइन, दुई देशबीचको साझा धार्मिक र सांस्कृतिक भावनालाई समर्पण गरिएको सन्देश दिएको स्थानीयहरको भनाई छ । कावड यात्राले दुई देशबीचको धार्मिक सहिष्णुता, सांस्कृतिक आदानप्रदान र आपसी मित्रताको गहिरो सन्देश दिएको नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?