Butwal Today

‘उज्यालो नेपाल’ अभियान लिएर अमेरिका उडे घिसिङ 

९ श्रावण २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, ९ साउन।

ऊर्जा क्षेत्रका चर्चित व्यक्तित्व तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘उज्यालो नेपाल’ अभियानसहित अमेरिकातर्फ प्रस्थान गरेका छन्। केही समयअघि मात्र मध्यपूर्व भ्रमण सकेर फर्किएका घिसिङ अहिले पश्चिमी मुलुकहरूको भ्रमणमा निस्किएका हुन्।

बिहीबार अमेरिका प्रस्थान गरेका घिसिङको भ्रमण तालिकाअनुसार उनी १५ दिन अमेरिकामा रहनेछन्। त्यसपछि बेलायत, बेल्जियमलगायत युरोपका अन्य देशहरूमा समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ। घिसिङ भदौ १० गते नेपाल फर्किने छन्।

यस अभियानका माध्यमबाट उनले प्रवासी नेपाली समुदाय, ऊर्जा विज्ञ तथा सम्भावित लगानीकर्ताहरूसँग ऊर्जा क्षेत्रको सम्भावना, सुधार र नेपालमा भइरहेको प्रगतिबारे छलफल गर्ने तयारी गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?