Butwal Today

इरानको जेलबाट रिहा गरिएका पाँच नेपाली स्वदेश फर्किए

९ श्रावण २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ, ९ साउन।

सरकारले इरानको जेलबाट रिहा भएका पाँच नेपालीलाई स्वदेश फर्काएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार इरानको अदालतले उनीहरूलाई थुनामुक्त गर्ने आदेश दिएपछि बिहीबार ९साउन ८ गते० उनीहरूलाई काठमाडौं ल्याइएको हो।

उद्धार प्रक्रिया तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहकार्यमा सम्पन्न गरिएको मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म सरकारले रिहा गरिएका ती नेपालीहरूको नाम सार्वजनिक गरेको छैन।

यसअघि इजरायल–इरानबीचको द्वन्द्वका क्रममा तीन चरणमा गरी थप नौ जना नेपाली नागरिकको उद्धार गरी नेपाल ल्याइएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?