© २०२३
काठमाडौं, ९ साउन।
सुनको मूल्यमा लगातार बढ्दो ट्रेन्डपछि आज फेरि पनि घटेको छ। आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेर एक लाख ९४ हजार सात सय रुपैयाँमा कायम भएको छ।
गत ६ दिनदेखि सुनको मूल्य निरन्तर वृद्धि भइरहेको थियो, तर हिजो प्रतितोला दुई हजार चार सय रुपैयाँ र आज थप पाँच सय रुपैयाँ घट्दा दुई दिनमा कुल दुई हजार नौ सय रुपैयाँको गिरावट आएको हो । हिजो सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौ सय रुपैयाँमा पुगेर इतिहासकै उच्च स्तरमा पुगेको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य भने सानोतिनो बढेर प्रतितोला पाँच रुपैयाँले वृद्धि भई दुई हजार दुई सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।