Butwal Today

पहिचान नखुलेको शव खोलामा फेला

८ श्रावण २०८२, बिहीबार
अ+
अ-

‎बर्दिया, ८ साउन ।

बढैयाताल गाउँपालिका–४ स्थित मान खोला किनारमा एक पुरुषको शव फेला परेको छ ।

बुधबार राति साढे १० बजेतिर शव फेला परेको मैनापोखर प्रहरीले जनाएको छ ।

‎पहिचान नभएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पहिचान नखुलेको शवलाई बर्दिया अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

‎५ फिट ५ इन्च उचाइ, खरानी रङको कुर्ता, रातो गन्जी, खरानी रङको हाफ कट्टु र टाउकोमा भादगाउँले टोपी रहेको पहिचान नखुलेको शव पुरुषको हो ।

शव बाँके र बर्दियाको सिमानामा पर्ने  मानखाेलामा फेला परेको हो ।