© २०२३
बुटवल, ८ साउन ।
रक्त अभावको समस्यालाई सम्बोधन गर्दै लुम्बिनी इन्टिग्रेटेड एकेडेमी र नेपाल नियमित रक्तदाता संघ, रुपन्देहीको संयुक्त आयोजनामा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुटवल क्षेत्रमा केही रक्त समूहको आपूर्ति संकट भइरहेका बेला सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो ।
एकेडेमी प्राङ्गणमा सम्पन्न कार्यक्रममा बी.ए.एल.एल.बी. र बीएससी फरेष्ट्री अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारी गरी ३१ जनाले रक्तदानमा सहभागी भएका थिए ।
कार्यक्रमको तिलोत्तमा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कल्याण पौडेलले रक्तदातालाइृ ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गर्दै एकेडेमी शैक्षिक मात्र नभई सामाजिक गतिविधिमा पनि अग्रसरता देखाएको भन्दै प्रशंसा गरे । उनले यस्ता कार्यमा स्थानीय सरकारको निरन्तर सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागी रक्तादाताहरुलाई वडा नं. ३ का अध्यक्ष कल्याण पौडेल, नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिलवाल, एकेडेमीक कोअर्डिनेटर रामचन्द्र श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए ।
लुम्बिनी इन्टिग्रेटेड एकेडेमी लुम्बिनी प्रदेशमै बीएससी फरेष्ट्री अध्यापन गर्ने एकमात्र संस्था हो । पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त बी.ए.एल.एल.बी. कार्यक्रम पनि सञ्चालनमा रहेको छ ।