© २०२३
काठमाडौं, ८ साउन ।
आज सुनको भाउ एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ ।
सुनको मूल्य घटेसँगै आज तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको हो । हिजो सुनको मूल्य तोलामा एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउमा पनि गिरावट आएको छ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर दुई हजार तीन सय ३५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ५० रुपैयाँ रहेको थियो।