© २०२३
बुटवल, ८ साउन ।
बुटवलमा रक्त अभावको समस्या भैरहेको बेला फुलबारी गाईज बुटवलले शुक्रबार वृहत रक्तदान कार्यक्रम गरेको छ । युवाहरुलाई एकतावद्ध गरि खेलकुद र सामाजिक गतिविधिमा अग्रसर गराउदै आएको क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत आठौ पटक रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष शिव राना मगरले गरेका थिए । उद्घाटनका क्रममा उनले सामाजिक काममा युवाहरूको सक्रियता र एकता समाज रूपान्तरणका लागि महत्वपूर्ण हुने बताए । फुलबारी गाईज बुटवलले खेलकुद, स्वास्थ्यमूलक कार्यक्रम सामाजिक सेवा तथा आपतकालीन राहतमा निरन्तर सक्रियता जनाउँदै आएको उनले बताए ।
रक्तदानलाई क्लबको नियमित र प्राथमिक अभियानको रूपमा लिइएको बताउँदै आगामी दिनमा निरन्तरता र प्रभावकारी रुपमा गर्ने क्लबका अध्यक्ष तेजु राना मगरले बताए । ‘युवा एकता समाजको समृद्धिता’ नारासहित २०६६ सालमा स्थापना भएको क्लबमा नया नेतृत्वसंगै विविध रचनात्मक कार्यक्रममा जोड दिदै आएको उनले बताए ।
कार्यक्रममा क्लबका संरक्षक यमप्रसाद गलामी, सल्लाकार हसन्त लामा, समाजसेवी दिपक खड्की, सुनिल गुरुङ र नवीन गुरुङले क्लबको निरन्तर सामाजिक प्रतिबद्धतालाई सराहना गरे ।
नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रममा ६० युनिट रगत कार्यक्रम संयोजक रमेश रेश्मीले बताए ।