© २०२३
सल्यान, ८ साउन ।
सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारीतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्बरको गाडी बिहीबार दिँउसो सल्यानको कुमाख गाउँपालिका २ नेटा नजिकै बढाई ज्युलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
नेटा नजिकैको माथिल्लो सडकको मोडबाट गाडी दुर्घटना भएर करिब २५ मिटर तल सडकमा पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता बाबुराम बस्नेतले जानकारी दिए ।
घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । दिउँसो करिब १ बजेतिर अनियन्त्रित भएको गाडी दुर्घटनामा परेको र घटनाबारे अनुसन्धान भइरहेको सल्यान प्रहरीले जनाएको छ ।