© २०२३
काठमाडौं, ८ साउन ।
नेकपा ९एमाले०का सचिव तथा संघीय सांसद योगेश भट्टराईले राजनीतिक लाभका लागि अनावश्यक विमानस्थल निर्माण गर्नु राष्ट्रको हित विपरीत हुने स्पष्ट पारेका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीवार बसेको बैठकमा बोल्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका भट्टराईले अहिले पनि सरकारले नीति तथा कार्यक्रममा नयाँ विमानस्थल थप्ने प्रस्ताव अघि सार्नु उपयुक्त नभएको टिप्पणी गरे।
ूराजनीतिक दबाब र लोकप्रियताको लोभमा नेताका भोट बढाउन विमानस्थल बनाउनु राष्ट्रको ठूलो क्षति भएकोले अबको प्राथमिकता भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रहेको उनले व्यक्त गरे ।
नेपालमा हाल ५५ वटा विमानस्थल रहेका छन्, तर तीमध्ये केवल ३२ वटा मात्रै सञ्चालनमा छन्। ती पनि सबै नियमित रुपमा सञ्चालन नभएको भट्टराईले जानकारी दिए ।
नेपालले सन् १९४९ देखि हवाई सेवा सुरु गरेयता हालसम्म १०८ वटा विमान दुर्घटना भइसकेका छन्, जसमा ९५९ जनाले ज्यान गुमाएका छन्। भट्टराईले हवाई सुरक्षासम्बन्धी समस्या — मानवीय त्रुटी, प्राविधिक कमजोरी तथा व्यवस्थापकीय असहजता — समाधानका लागि कानुनी संरचना तयार पार्नुपर्नेमा जोड दिए।
ूएयरपोर्ट निर्माण अहिले फेसनजस्तै भएको भन्दैँ भूगोल, जनसंख्या र सडक सञ्जालको पहुँचका आधारमा आवश्यकताअनुसार मात्र विमानस्थलको प्राथमिकता निर्धारण गर्नुर्ने भट्टराईको धारणा छ ।
भट्टराईले हाल सञ्चालनमा रहेका विमानस्थलको क्षमता अभिवृद्धि तथा सुधारमा ध्यान दिनुपर्ने सुझाव दिए। नयाँ निर्माणको सट्टा अब भएका विमानस्थलहरूलाई व्यवस्थित बनाउनेतर्फ सरकार अग्रसर हुनुपर्ने उनको निष्कर्ष रहेको छ ।