© २०२३
काठमाडौं, ८ साउन ।
प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि विरोध जारी राखेका छन्।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामाको माग र निष्पक्ष छानबिन समितिको गठनको माग गर्दै दुवै दल ५९ औं दिनदेखि संसद्मा आन्दोलनरत छन्।
आजको बैठकमा रास्वपाकी सांसद डा. तोसिमा कार्की र राप्रपाका सांसद दीपक सिंहले बोल्ने अवसर पाउँदा सरकारको पछिल्लो छानबिन समिति टालटुले मात्र भएको आरोप लगाए।
उनीहरूले दुवै दलका मागअनुसार समिति गठन नभएसम्म आन्दोलन नछाड्ने अडान दोहोर्याए। भाषणपछि दुवै सांसद बैठक बहिष्कार गर्दै संसद्बाट बाहिरिएका छन्।
लगातारको विरोधबीच पनि संसद् बैठक नियमित रूपमा चलिरहेको छ, तर दुवै दलको असहयोगका कारण कार्यव्यवस्था र विपक्षी भूमिकामा तनाव कायमै छ।