© 2026
सुर्खेत,७ साउन ।
कोरियाबाट फर्केका एक युवक ‘हनी ट्रयाप’मा परि लाखौँ रकम गुमाएका छन् । युवतीको सङ्गतमा परेपछि एक वर्षको अवधिमा विदेशमा दुःख गरेर कमाएका १४ लाख २५ हजार गुमाएका छन् ।
२०८१ सालको भदौ महिनातिर दैलेखको नौमुले गाउँपालिका–८ घर भई वीरेन्द्रनगर–९ मा बस्दै आएकी २१ वर्षीया सिन्दु चन्दले कोरियाबाट भर्खरै फर्केका ती युवालाई वीरेन्द्रनगर–६ स्थित बुलबुले भ्यु होटलमा भेट्न बोलाइन् ।
उनीहरूबिच पहिलेदेखि नै सामान्य चिनजान थियो । यही चिनजानको आधारमा सिन्धु र ती युवकबिच भेटघाट तथा दुबैबिच सम्बन्ध भयो ।
सुरुवातमा मिठो सम्बन्धबाट सुरुवात भएको उनीहरूको भेटघाट बिस्तारै सिन्धुले धम्की दिँदै युवकसँग पैसा असुल गर्न सुरुवात गरिन् ।
दुबैबिच सम्बन्ध भएपछि युवतीले फोटो सार्वजनिक गर्ने डर धम्की दिँदै पैसा असुल गर्न सुरु गरेको प्रहरीले जनाएको छ । ती युवकले आफू सामाजिक रूपमा बदनामी भइने डरले युवतीले भने जति पैसा दिन थाले ।
अन्तिममा ती युवक प्रहरी सामु आएर आफ्ना समस्या सुनाएपछि प्रहरीमा जाहेरी दिए । उनको जाहेरीको आधारमा हनी ट्रयाप’मा पारी पैसा असुली गर्ने सिन्धुलाई प्रहरीले मंगलवार पक्राउ गरेको छ ।
२०८१ भदौमा एक पुरुषसँग सहमतिमा भएको यौन सम्बन्धलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै सिन्दुले ‘हनी ट्रयाप’मा पैसा असुली गरेको आरोप लागेको छ ।
ती युवकले जाहेरीका आधारमा चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
दुवैबिचको यौन सम्बन्धको फोटो तथा भिडियो सामाजिक सञ्जालमा राखेर बलात्कार मुद्दामा फसाउने भन्दै सिन्दुले ति पुरुषसँग १४ लाख २५ हजार रुपैयाँ असुली गरेको जाहेरी परेको छ ।
उक्त रकम उनले फरक फरक मितिमा पीडितबाट लिएकी थिइन् । पक्राउ परेकी सिन्दुलाई हनी ट्रयापमा पारी पीडितबाट आर्थिक लाभ लिएको कसुरमा प्रहरीको हिरासतमा राखेर अनुसन्धान भईरहेको डिएसपी बुढथापाले जानकारी दिए ।