Butwal Today

विद्युतीय मोटरबाट करेन्ट दुई किसानको मृत्यु

७ श्रावण २०८२, बुधबार
अ+
अ-

रौतहट ।

धान खेतमा सिँचाइका लागि मोटर जडान गर्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

कटहरीया–२ का ४२ वर्षीय मोक्तार देवान र माधवनारायण–४ का ४० वर्षीय रामबाबु मुखियाले सिँचाइ गर्दा करेन्ट लागेर ज्यान गुमाएका हुन्।

मोक्तार देवानलाई राति करेन्ट लागेको थियो र उनलाई उपचारका लागि गरुडाको ग्रान्डी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरे।

बिहान करेन्ट लागेका रामबाबु मुखियालाई प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो, जहाँ उनको पनि मृत्यु पुष्टि भयो।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीका अनुसार मृतकको शव प्रादेशिक अस्पताल गौरमै राखिएको छ र अनुसन्धान भइरहेको छ।

रौतहटमा हालै सिँचाइका क्रममा करेन्ट लागेर मृत्यु हुने घटना बढिरहेको छ।