© २०२३
काठमाडौँ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको विषय पार्टीलाई थाहा भइसकेको स्वीकार गरेका छन्।
बुधबार पत्रकार सम्मेलनमा पोखरेलले सदस्यता नवीकरणपछि उपयुक्त समयमा पार्टीले निर्णय गर्ने भएकाले त्यस विषयमा सार्वजनिक घोषणा नगरेको बताए।
उनले भने, ‘पूर्वराष्ट्रपति भण्डारीले शुल्क तिरेर सदस्यता नवीकरण गरेको विषय थाहा पाएपछि केन्द्रीय समितिले सदस्यता नवीकरण स्थगित गर्ने निर्णय गरेको हो।
नवीकरण गर्नुपर्थ्यो कि पर्दैनथ्यो भन्ने विषयमा बैठकले निर्णय गर्नुपथ्र्यो।’
पोखरेलले संविधानको व्यवस्था अनुसार पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा फर्कने विषय पार्टीका लागि नयाँ चुनौती भएको र त्यसैले निर्णय प्रक्रियामा समय लागेको उल्लेख गरे।
उनले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीले गणतन्त्र गौरव विभूषणबाट सम्मान गरेको समेत जानकारी दिए।