© २०२३
काठमाडौं ।
भिजिट भिसा प्रकरणमा विशेष छानबिन समिति गठनको माग पूरा नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै दुवै दलका सांसदहरू उठेर विरोधमा उभिएका थिए।
सभामुखले रास्वपाकी सांसद विन्दवासिनी कंसकारलाई बोल्ने समय दिँदा उनले छानबिन समिति नबनाइएसम्म विरोध जारी रहने बताइन्।
त्यसपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि आफ्नो दलको माग सम्बोधन नभएसम्म बैठकमा सहभागी नहुने स्पष्ट पारे।
सांसदहरूले धारणा राखेपछि रास्वपा र राप्रपाका सबै सांसद बैठक कक्षबाट बाहिरिए, र बैठक बहिस्कार गरेका छन्।