ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

रामापुर क्याम्पसमा ‘सैनामैना उद्यम–शिक्षा संगम २०८२’ हुने

७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

बुटवल, ७ साउन ।

युवा विद्यार्थी, उद्यमी र सामाजिक कार्यकर्ताहरुबिच ज्ञान, अनुभव आदानप्रदान गर्ने उदेश्यका साथ सैनामैनास्थित शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा ‘सैनामैना उद्यम शिक्षा संगम २०८२’ हुने भएको छ । साउन ९ गते शुक्रबार हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गरि क्याम्पस प्रमुख हेम बहादुर थापाले बताए ।

कार्यक्रममा प्रमुख बक्ताका रुपमा ईड्राईभ लुम्बिनी प्रदेशका अध्यक्ष राजकुमार गुप्ताले डिजिटल युगमा युवा उद्यमिता तथा गाउको घर ईको फार्म हाउस पाल्पा र नेपाली लुगाका समुन्द्र घिमिरेले परम्परागत ब्यवसाय र नविनतम प्रविधिको समन्वय विषयमा प्रस्तुति दिने उनले बताए ।

कार्यक्रमबाट विभिन्न जिल्लाका करिब ३०० सय युवा विद्यार्थीहरुले प्रत्यक्ष ज्ञान, ३५ बढि स्थानिय उद्यमीहरुको ब्यवसाय प्रदर्शन, विद्यार्थीहरुलाई ब्यवहारिक कौशल पिचिङ र नेटवर्किङ सिकाई, स्थानिय स्तरमा उद्यमी र शिक्षा उद्यमी शिक्षा समन्वय हुने उनको दाबी छ ।

यसैगरि युवा उद्यमिताः अवसर र चुनौतीहरु, डिजिटल मार्केटिङ र स्थानिय ब्यवसाय, सामाजिक उद्यमिता र स्थानिय विकास विषयमा वर्कशप÷प्यानल छलफलका साथै क्याम्पसमा अध्ययरत विधार्थीहरुको ब्यवसायिक विचारहरु प्रस्तुत मध्येबाट उत्कृष्टलाई पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष यदुलाल पन्थले निरासाका बिच सकारात्मक सोच विकास गर्ने रुपमा कार्यक्रम आएको बताए । कलेजहरु सैद्घान्तिक ज्ञानमात्र नभई ब्यवहारिक र सामाजिक उत्तरदायित्वका कार्यक्रममा समेत उत्तिकै काम गरिरहेको उनले दाबी गरे ।

समुदायमा हरेक घरमा विदेश नजाने युवा नै नरहेको भन्दै उनले युवालाई स्वदेशमा नै उद्यमसंग जोडेर लैजान सकिने सम्भावना पछिल्लोपटक देखिएको बताए । सामाजिक उत्तरदायित्व अन्तरगत कलेजबाट कार्यक्रम गर्न लागेको उनले बताए ।

शिक्षालयलाई बेरोजगार जनशक्ति उत्पादन गर्ने थलोको रुपमा आउने आरोप खण्डन गर्न समेत यस्ता ब्यवहारिक कार्यक्रम उपयुक्त हुने कलेजका प्राचार्य दिनेश पन्थीको दाबी छ । आफ्नै क्षेत्रमा रहेका युवा उद्यमीहरुको सफलतालाई सुनाउने र विद्यार्थीहरुमा रहेको आईडियालाई प्रदर्शन र मार्केटिङ गर्ने माध्यमका रुपमा कार्यक्रम रहेको उनले बताए ।

कलेजबाट हुने यस्ता कार्यक्रमलाई विश्वविद्यालय अनुदान आयोगबाट सहयोग रहने उनले बताए । विभिन्न जिल्लाका प्लस टु पास गरेका, ब्याचलर र मास्टर्स पढ्दै गरेका विद्यार्थीहरु कार्यक्रममा सहभागी हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?