© २०२३
कमरेड पुष्पलाललाई सम्झँदा नेपाल कम्युनिष्ट पार्टीलाई सम्झना गर्नुपर्छ । नेपाल कम्युनिष्ट पार्टीलाई सम्झँदा नेपालको बाम तथा प्रजातान्त्रिक आन्दोलनको अभ्युदयदेखि वर्तमानसम्मका उतारचढावको सिँहावलोकन गर्नुपर्ने हुन्छ ।
यसको निम्ति सबैभन्दा पहिले जहानियाँ शासनको अन्त्य, देशीय सामन्तवाद, भारतीय एकाधिकार पुँजीवाद, भारतीय विस्तारवाद, एक्लो अमेरिकी साम्राज्यवादका चकव्यूहमा जानेर या नजानेर फँसी अथवा संघर्ष गर्दागर्दै मृत्युवरण गरे, ती सहिदहरूको सम्झना गर्नुपर्ने हुन्छ ।
यसै अवसरमा नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनमा हाम्रा ती अगणित ज्ञात अज्ञात र मृत जीवित सबै सहिदहरू प्रति नतमस्तक भई उनीहरूको त्याग, तपस्या र वलिदानप्रति शीर निहुराएर नमन गर्नुपर्ने हुन्छ । नमन गर्दछु ।
१५ सेप्टेम्वर सन् १९४९ तदनुसार वि.सं. २००६ भदौ ३० मा कमरेड पुप्ष्लालको नेतृत्वमा स्थापित नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापना कालदेखि नै राणाहरूको जहानियाँ शासनको बाघ पञ्जावाट फुत्काई देशलाई नयाँ जनवादी क्रान्तिको बाटो हुँदै समाजवादको समतामूलक समाजतर्फ लैजाने जुन अभिष्ट लिएको थियो, त्यो अभिष्ट अझैपनि सयमा ९९ उनान्सय प्रतिशत भाग अधुराको अध्ुरै रहनु ज्यादै विडम्वनाको विषय रहेको छ ।
कमरेड पुष्पलाल आजसम्म जीवित भएको भए उहाँले देख्नुभएको त्यो स्वर्णिम सपनाको दिन अवश्य नै आउने थियो । तर, उहाँको असामयिक निधनले उहाँका सपनाहरू मात्र चकनाचूर भएनन्, हामी सबै नेपाली त्यो स्वर्णिम दिन अझैपनि प्राप्त गर्न नसकिरहेको अवस्थामा छौँ । त्यो दिन आउला या नआउला भन्ने समयको स्थितिमा छौं ।
जनतालाई गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार सबैभन्दा प्रमुख मानवीय अधिकार हुन् । यी प्रमुख मानवीय अधिकारहरूलाई सर्वोपरी प्राथमिकतामा राखेर त्यसका साथसाथै प्रजातन्त्र, स्वतन्त्रता, मुक्ति, मानवीयता सही अर्थमा राष्ट्रियता, राष्ट्र प्रेम एवं नेपालीत्व र सर्वहारावादी दृष्टिकोण एवं चिन्तन नेपाल कम्युनिष्ट पार्टी स्थापनामा जुन लक्ष्य कमरेड पुष्पलालले लिनुभएको थियो ।
आज उहाँको निधन पश्चात कम्युनिष्ट पार्टीको नाममा अमेरिकी डिपस्टेट मिसन र सीआईए तथा भारतीय गुप्तचर संस्था र अन्तर्गत काम गरेका नेपाली कर्मचारीहरूले कम्युनिष्ट पार्टीको खोल ओढेर एवं कम्युनिष्टको खप्पर भिरेर कम्युनिष्ट दर्शनको मूल मर्म, वर्ग संर्घषको माक्र्सवादी सिद्धान्तलाई विस्थापित गराइ देशमा जातीयता भाषा, धर्म, लिङ्ग र भूगोलका आधारमा नेपाली समाजलाई विभाजित, विश्रृंखलित गरी एकापसमा इष्र्या, घृणा, द्वेष, कलह, व्यक्ति हत्या, हिसां एवं अराजकताको साम्राज्य फैलाए र आफ्नो विदेशी अन्नदाताहरूको निर्देशनमा देशको राजकीय सत्तालाई दुरूपयोग गरी जनतालाई थाडनामा सुताएर नेता आफूहरू कुवेरपति वन्ने खेलमा लागे ।
सत्ता समीकरणको नाममा कहिले प्रतिस्पर्धी राजनीतिक पार्टीसित चुनावी गठबन्धन, कहिले आलोपालो सरकार संचालन, कहिले आफैले बनाएको नियम उमेरको बारलाई आफ्नो उमेर पुगेपछि आफैले जवर्जस्ती नियम संशोधन गराए ।
मुर्दाघाटमा नपुगेसम्म सत्ता र शक्तिको चाहना जोसंग माक्र्सवादी दर्शनको जनमुखी आदर्श र कमरेड पुप्पलालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्दा लिएको लक्ष्यको प्रतिकूल यस्तो स्थितिमा छ ।
आज नेपालको कम्युनिष्ट आन्दोलनको अवस्था जसरी अमेरिकी डीपस्टेट पोलिसी र सीआएका कर्मचारी गोर्वाचोभ र बोरिस एल्तसिनले तत्कालीन सोभियत युनियनको विघटन गरे ।
कम्युनिष्ट पार्टीलाई उसको आँखामा धूलो छरेर पार्टीको नेतृत्व हत्याउन सफल भए पश्चात् ७० वर्षसम्म शासन गरेको सोभियत कम्युनिष्ट पार्टीलाई विघटन गराई तहसनहस पारेर एउटा विशाल देश सोभियत युनियनलाई आत्मनिर्णयको अधिकारका नाममा १५/१६ वटा देशमा विभाजित गराई अहिले गोर्वाचोभ पनि आखिर मरेर गए, तर हिजोको एउटै देश र युव्रनको अहिले जे हालत देखिरहेका छौं, कम्युनिष्ट पार्टीको सिद्धान्तमा विचलन आएपछि कम्युनिष्टको खोल भिरेका पुँजीवाद, सामान्तवाद र साम्राज्यवादका एजेण्टहरूले कम्युनिष्ट पार्टीको नेतृत्व कब्जा गरेपछि कम्युनिष्ट पार्टीको हालत यस्तो हुँदा रहेछ भन्ने शिक्षा नेपालका कम्युनिष्टहरूले अझैपनि किन लिन सकेका छैनन् ?
कुन स्वार्थको प्रलोभनमा परी अहिलेको नेपालका कथित कम्युनिष्टहरू यसरी उच्च नैतिक संकटको भासमा भासिएको अवस्थामा छन् ? यसलाई बुझ्न नसकेर अहिले नेपालको कम्युनिष्ट आन्दोलन किकर्तव्यबिमूढ बनेर टोलाएको अवस्थामा छ । तथाकथित कम्युनिष्ट नेताहरूले सत्तामा रहेका र सत्ताबाट बाहिरिनु पर्नासाथ सत्तामा जान मरिहत्ते गर्ने अभ्यासमा अभ्यस्त बनेका छन । नकाबधारी कम्युनिष्ट नेताहरूको भ्रष्टाचारले अब आकाश छुन लागेको छ ।
कसैलाई स्वीस बैकहरूमा पैसा ओसारिरहेको आरोप लागेको छ, कसैलाई कम्बोडियाको टेलिकममा अरबौ लगानी गरेको आरोप छ । कसैलाई अमेरिका, बेलायत र मलेसिया तथा अरब मुलुकका बैकहरूमा धमाधम पैसा जम्मा गरिरहेको आरोप छ तर त्यसको मुखले खण्डन गरे पनि निष्पक्ष र शक्तिशाली आयोग गठन गरी छानबिन गराउन कोही पनि तयार हुदैनन् ।
अरू मन्त्री पदको सपथ खाएको एक महिना भित्र सम्पत्तिको विवरण बुझाउनु पर्ने प्रावधान कानुनमा प्रष्ट उल्लेख भएपनि अधिकांश कम्युनिष्ट मन्त्रीले जतिपटक सपथ खाए पनि आयोगको सम्पत्ति विवरण पेश गर्ने ताकेताप्रति कसैको कानमा बतास पस्दैन । यो सबै अराजकताको द्योतक हो । कम्युनिष्ट पार्टीमा अराजकताले स्थान पाउँदैन ।
पुष्पलाल हामीलाई प्रशिक्षण दिने क्रममा पटकपटक भन्नुहुन्थ्यो– कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू सिद्धान्त, नीति र पार्टीको कार्यपद्धति प्रति इमान्दार बनी आत्मविश्वासका साथ काम गरेमा पार्टीलाई नेताहरूले आफू अनुकूल दुरूपयोग गर्न सक्दैनन् । कम्युनिष्ट पार्टीभित्र घुसपैठ गरेका गलत तत्वहरूले पार्टीलाई पार्टीको नीति, सिद्धान्त र कार्यपद्धति विरुद्ध लैजान सवालमा सजगताका लागि कार्यकर्ता जहिलेपनि सचेत रहनुपर्दछ ।
कार्यकर्ता राजनीतिक रूपमा सचेत नभए अवसरवादी नेताहरूले पार्टीको दुरूपयोग गरी पार्टीलाई आ– आफ्ना व्यक्तिगत स्वार्थ पूरा गर्ने गलत दिशातर्फ हाँक्न सक्दछन् । जसको परिणाम पार्टी बिचैमा दुर्घटनामा परी लक्ष्यसम्म पुग्न सक्दैन । अतः पार्टीले लिएको क्रान्तिको लक्ष्य पूरा हुनको निम्ति जनता संगठित हुनुप¥यो । कार्यकर्ता राजनीतिकरूपमा चेतनशील हुनुपर्दछ ।
बनारसको विद्यार्थी जीवनमा र पछिल्लो कालखण्डमा भूमिगत नेपाल कम्युनिष्ट पार्टीको सक्रिय कार्यकर्ता बनेको अवस्थामा मैले कमरेड पुष्पलालसित धेरै पटक प्रशिक्षण लिने अवसर पाएँ ।
मैले कमरेड पुष्पलालले दिएको शिक्षाबाट पाएको ज्ञानको निचोड हो– कुनैपनि कम्युनिष्ट पार्टीको सबैभन्दा महत्वपूर्ण सम्पत्ति पार्टीका सचेत र इमान्दार कार्यकर्ता हुन् । इमान्दार र सक्षम कार्यकर्ताले नै पार्टीलाई जीवन्त बनाउन मद्दत गर्दछन् ।
पुष्पलालको यही मान्यता थियो । त्यसैले कमरेड पुष्पलाल पार्टीका कार्यकर्ताको स्वस्थ्य, चरित्र, व्यवहार, बुद्धि, अध्ययन, सैद्धान्तिक स्तरीयता सबै करामा राम्रो ख्याल गर्न हुन्थ्यो । सबै पक्षमा उहाँको अभिभावकीय भूमिका रहन्थ्यो ।
आज देशमा नैराश्य, असन्तोष र आक्रोशका ज्वालाहरू दन्दनाइरहेका छन् ।
जनतामा विद्रोहको ज्वारभाटा छ । यसको मूल कारण हो कम्युनिष्ट र काँग्रेस नामका नकावधारीहरू चुनावताका स्वच्छ प्रशासन दिने र जनतालाई राहत पु¥याउने कसम खाइ आफू र आफनो गुठलाई जुनसुकै उपायहरू अवलम्वन गरेर भए पनि सत्ता र शक्तिका पदमा पुग्ने तर त्यहाँ गएपछि जनतालाई भुसुक्कै बिर्सेर प्रत्येक क्षेत्रमा भ्रष्टाचार र आर्थिक अनियमितालाई खुल्लमखुल्ला प्रोत्साहन दिएर चारैतिर सेटिड मिलाइ लुटको साम्राज्य फैलाएर पैसा सोहोर्ने र त्यो पैसा विदेश ओसारी देशलाई खोक्रो पार्ने उनीहरूको यो रवैया ।
यिनीहरूको यो रवैयाले आज देश यस्तो स्थितिमा छ । यो स्थितिलाई अझै पनि बरकरार रहन दियौं भने भोलि देशको भविष्य कता जाला ? त्यसैले यसमा हामीले अव गम्भीरतापूर्वक विचार गर्नु परेको छ ।
यहाँ कमरेड पुष्पलालको चर्चा गर्ने प्रसंग आएकोले गैर कम्युनिष्ट र पूँजीवादी पार्टीहरूको खासै चर्चा नगरिएको हो । यसको अर्थ आफूलाई कम्युनिष्ट भन्नेहरू मात्र नालायक अरू लायक भन्न खोजिएको होइन । लोकतन्त्रको रक्षा र जनअधिकारको पूर्ण बहालीका लागि मनसा, वाचा, कर्मणाले लाग्नुपर्ने हो ।
कम्युनिष्ट नेताहरूको बोली एकातिर र व्यवहार त्यसको ठीक विपरीत भैदिदा अन्ततोगत्वा देशको कम्युनिष्ट आन्दोलन प्रति नै जनताको विश्वास गुम्दै जान थालेकाले कम्युनिष्ट आन्दोलन भित्र भित्रिएका यी असगत पक्षहरू प्रति कटु उद्गार व्यक्त गर्नुपरेको हो ।
आज कम्युनिष्ट पार्टीको ढाल बोकेर देश र जनतालाई लुट्न सत्तामा जान कै लागि मरिहत्ते गर्ने नकावधारी कम्युनिष्टहरू र लोकतन्त्र एवं जनअधिकारको पूर्णबहाली तथा सर्वहारावादी दृष्टिकोण र चिन्तनको रक्षाका लागि सच्चा नियतले काम गर्ने कम्युनिष्टहरूको कार्य शैलीलाई आम जनताले बुझ्नु जरुरी छ ।
सोका लागि गरिने काम आजको परिस्थितिको सर्वोत्तम समाधान हुन सक्दछ । यही उपाय नै नकावधारी कम्युनिष्टहरूले कम्युनिष्ट पार्टीको नाममा आज देशमा खडा गरेको बिषम स्थितिसित सामना गर्ने दरिलो उपाय हुन सक्दछ ।
यसको निम्ति कमरेड पुष्पलालका कालजयी सिद्धान्तका मन्त्रहरू आफूले पनि पढ्ने र जनताका माझमा पनि लैजाने अभ्यासलाई निरन्तरता दिनुपर्दछ ।
कम्युनिष्ट राजनीतिक साधना हो, त्याग हो, तपस्था हो तर जोगी हुनको निम्ति राजनीति गरिन्न भन्ने कृतर्क दिएर बहुजन हिताय बहुजन सुखायका निम्ति गरिने राजनीतिक पक्षलाई तोडमोड गरी अहिलेसम्म जनहितकारी पक्षको उपेक्षालाई विशेष प्रोत्साहन दिने अभ्यासको बढावाले कम्युनिष्ट राजनीतिमा पूर्णत अराजनीतक तत्वहरू जो वैदिक शक्ति केन्द्रबाट परिचालित छन् तथा देशद्रोही भ्रष्टाचार, कमिसनखोरी, हत्या, हिंसा, अराजकता र आतंक तथा जातिवादलाई खुलेआम संरक्षण दिने काम भइरहेको छ ।
यसलाई मनन गरेर देशको वस्तुस्थिति के छ ? जनता कहाँ छन् ? एउटा असल र इमान्दार कम्युनिष्टको कर्तव्य के हो ? भन्ने विषयलाई मनन गर्दै कठोर साधना र अभ्यासका साथ अगाडि बढौं । सबै इमान्दार वmमरेडहरूमा मेरो यही आग्रह छ । कमरेड पुप्पलाल अमर रहुन् ।