© २०२३
काठमाडौं, ७ साउन ।
नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँले बढेसँगै २ लाख नजिक पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २ हजार १ सय रुपैयाँले बढेको हो।
सुनको मूल्यवृद्धिसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। बुधबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपालमा सुन र चाँदीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार मानेर गरिन्छ। पछिल्लो समय विश्व बजारमा देखिएको चाप तथा आर्थिक उतार-चढावका कारण बहुमूल्य धातुहरूको मूल्यमा वृद्धि देखिएको हो।