ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

अब कागज होइन, एप्समै कृषकको कारोबार

७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

पाल्पा, ०७ साउन ।

यहाँको रिब्दीकोट गाउँपालिका –२ का टिकाबहादुर राना व्यावसायिक कृषक हुन् । उनले चार वटा टनेलमा टमाटर फलाउँदै आएका छन् । बारीमा उत्पादन गरेको टमाटर रानाले सहकारीमार्फत विक्री गर्दै आएका छन् ।

केही समय अघिसम्म उनले विक्री गरेको विवरण कागजमा हुने, कतिपय विवरण हराउने, दररेट र तौल समेत फरक पर्ने हुन्थ्यो तर, यतिखेर भने त्यस्तो समस्या छैन । उनले घरमै बसेर मोबाइलबाट नै आफूले विक्री गरेको कृषि उपजको विवरण, दररेट कृषि समस्या थाहा पाउन सक्ने भएका छन् ।

उनले ५ सय केजी टमाटर विक्री गरिसकेका छन् । गत बुधबार रानाले विक्री गरेको २ सय ६६ केजी टमाटरको विवरण मोबाइलमा प्राप्त भयो । रानाले भने, “हामीले तरकारी विक्री गर्दा एउटा दररेट हुन्छ, पैसा लिने समयमा दररेट फरक भइदिन्थ्यो, कहिलेकाहीँ हामीले पनि विवरणहरू बिर्सने भएकोले समस्या हुन्थ्यो तर अहिले मोबाइलमै सबै कुरा थाहा पाउन थालिएको छ ।” रिब्दीकोट –२ कै तेजबहादुर रानाले पनि मिलनसार सहकारीलाई ५० केजी टमाटर विक्री गरे ।

विक्री गरेको केही क्षणमै खरिद गरेको विवरण मोबाइलमा आयो । रानाले यस अगाडि पनि तरकारी विक्री गर्दै आएका थिए । तर खरिद विक्रीको विवरण कागजमा हुने गर्दथ्यो । तर अहिले ५० केजी टमाटर ५० रुपैयाँको दरले ५ हजार रकम लिन सहकारीमा आउनुहोला भन्ने मोबाइलमा सन्देश आएपछि भने राना दङ्ग छन् ।

उनीहरू जस्तै यहाँका धेरै कृषकहरूलाई सामाजिक उद्यमी महिला सहकारीहरूको छाता सङ्गठन सेवा नेपाल र जियो कृषिको साझेदारीमा सञ्चालन गरिएको जियो कृषि सेवा मोबाइल एप्लिकेशन मार्फत सेवा लिन थालेपछि सहज भएको छ ।

सङ्कलन गर्ने प्रतिनिधि, भुक्तानी दिने सहकारी र विक्री गर्ने कृषकहरू सबैलाई एकै साथ विवरण प्राप्त हुने र लामो समयसम्म रेकर्ड पनि सुरक्षित हुने भएकाले उनीहरू जस्तै अधिकांश कृषकहरूलाई यो प्रविधिले सहज बनाएको हो ।

कृषकहरूले तानसेन –१३ बौघागुम्हामा रहेको मिलनसार सहकारीले तानसेनको होलाङ्दीबाट सञ्चालन गर्दै आएको प्रशोधन केन्द्र मार्फत विक्री गर्दै आएका छन् । सहकारीले गाउँ–गाउँबाट सङ्कलन गरेको तरकारी प्रशोधन गरी तानसेन, बुटवल, स्याङ्जा हुँदै पोखरा सम्म विक्री गर्दै आएको छ ।

जसले तरकारीको कारोबारलाई डिजिलाईजेसन गरेको छ । सहकारीका प्रतिनिधिहरू तरकारी सङ्कलन मोबाइल एप्स मार्फत गर्दछन्, जसको विवरण विक्री गर्ने कृषक र सहकारी दुवैलाई प्रदान हुन्छ ।

कृषकले जियो कृषि सेवामा आफ्नो उत्पादनलाई रेकर्ड राख्न सक्ने र सहकारीका प्रतिनिधिहरूले उनीहरूको उत्पादनलाई खरिद गर्न सक्ने हेफर ईन्टरनेशनल नेपालका डिजिटल सहजकर्ता विष्णु घिमिरेले बताए ।

ग्रामीण कृषकको पहुँचमा डिजिटल प्रविधि पु¥याएर उनीहरूलाई थप सशक्त गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको उनको भनाई छ । यसले गाउँघरका किसानलाई सीप र ज्ञान प्रदान गर्ने र उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउने घिमिरेले बताए ।

हेफर ईन्टरनेशनलको सहयोगमा ग्रामीण आर्थिक विकास सङ्घ रेडामार्फत एलएएलभिसी परियोजना सञ्चालन भएको छ । परियोजनाले तानसेन, रिब्दीकोट, पूर्वखोला, रम्भा र निस्दी गाउँपालिकामा तरकारी उत्पादन र बजारीकरणमा काम गर्दै आएको छ ।

परियोजना क्षेत्र तथा अन्य क्षेत्रहरूबाट समेत गरी मिलनसार सहकारीले दैनिक १० देखी १५ मेट्रिक टन तरकारी खरिद गरी विक्री गर्दै आएको छ ।“तरकारीको कारोबार कागजमा मात्रै गर्दा, रेकर्ड राम्रोसँग नहुने, दररेट फरक पर्ने गर्दथ्यो ।”

सहकारीका अध्यक्ष कमला भण्डारीले भनिन्, “एप्स मार्फत डिजिटल रेकर्डले सबै पक्षलाई फाइदा पुगेको छ । पारदर्शी हुनुको साथै बजार व्यवस्थापन र योजना निर्माणको लागि समेत सहयोग पुगेको छ ।”

जियो कृषि मोबाइल एप्लिकेशन हो । यसले कृषकहरूलाई कृषि तथा पशुपालन सम्बन्धी जानकारीहरू, नजिकको बजारको तरकारी दरभाउ, मौसम सम्बन्धी जानकारी, बाली तथा पशु स्वास्थ्य समस्यालाई डिजिटल परामर्श, कृषि सामग्रीहरूको डिजिटल खरिद लगायतका सुविधाहरू प्रदान गर्दै आएको छ ।

यसको लागि आर्थिक र प्राविधिक सहयोग हेफर ईन्टरनेशनल नेपालले गरेको हो । हेफरका ईनोभेसन प्रमुख ताराप्रसाद पन्थीका अनुसार ७० बढी सहकारीहरूका सदस्यहरूलाई डिजिटल सेवामा पहुँच पु¥याउन जियो कृषि सेवामार्फत सहयोग गर्दै आइएको छ ।

सहकारी र यसका सदस्यहरूलाई जियो कृषि मार्फत प्रविधिसँग जोडिएको छ । प्रमुख पन्थीले भने“ कृषि तथा पशुपालनको डिजिटल सेवाको साथै सहकारीको सेवा समेत मोबाइलबाटै प्राप्त गर्न सुरु गरिएको छ ।

पाल्पामा सुरु भएको सहकारीको तरकारी कारोबारलाई डिजिटाईज गर्ने कार्य दाङ, धादिङ र रौतहटका सहकारीहरूमा पनि सुरु गरिने छ ।”

सहकारीहरूको कारोबारलाई अनलाइन सिस्टम गर्ने र कृषकहरूबाट खरिद गरिएको उत्पादनलाई अनलाइन भुक्तानी दिने गरी तयारी गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?