ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

पुष्पलाल र वीपीको स्मृति दिवस

७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस । नेपालमा पुष्पलालको स्मृतिमा आज विभिन्न कार्यक्रम गरिदैछ । उता साउन ६ गते मंगलवार नेपाली राजनीतिका शिखर पुरुष स्व. वी.पी. कोइरालाको स्मृति दिवस मनाइयो ।

वीपी र पुष्पलाल श्रेष्ठको स्मृति दिवस एक दिनको फरकमा पर्दछ । तदनुसार मंगलवार वीपीको स्मृतिमा बृक्षारोपण सहित देशैभरी अन्तरक्रिया गरी वीपीको योगदानको स्मरण गरिएको छ भने आज बुधबार पुष्पलालको स्मृतिमा विभिन्न कार्यक्रम गरिदैछ ।

संयोग कस्तो छ भने वीपीको स्मृति दिवस साउन ६ गते पर्दछ, पुष्पलालको साउन ७ गते । २०३९ साल साउन ६ गते निधन हुनुभएका वीपी कोइराला अहिले पनि नेपाली राजनीतिका लोकप्रिय र चिरकाल पर्यन्त नविर्सिने नेतामध्ये एक हुनुहुन्छ ।

एकतन्त्रीय राणा शासन अन्त्य गरी मुलुकमा प्रजातान्त्रिक आन्दोलनलाई संस्थागत ढंगले अघि बढाएर नेपाली काँग्रेसलाई प्रभावशाली राजनीतिक दलको रूपमा स्थापित गराउनमा वीपीले महत्वपूर्ण योगदान दिनुभएको थियो । यता आज पुष्पलालको स्मृति दिवस मनाईदैछ ।

पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनको धरोहर हुनुहुन्थ्यो भन्दा कसैको विमती हुँदैन । पुष्पलाल बामपन्थी आन्दोलनका धरोहर, कर्मठ, निर्भीक, निडर र क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो ।

उहाँले राणाकालीन र पञ्चायतको कठोर अवस्थामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना मात्र गर्नु भएन, नेपाली समाजको रूपान्तरण गर्न र नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने सुन्दर सपना साकार पार्ने उद्देश्यका साथ आफ्ना बैरीहरूका सामु शिर नझुकाएर कठोर जीवन बिताउनुभयो ।

तत्कालीन सरकारहरूको घोर दमन र जर्जर आर्थिक अवस्थाको कुनै परवाह नगरी आफ्नो क्रान्तिकारी सिद्धान्त, दर्शन र व्यवहारलाई सबैका सामु आदर्शमय शैलीमा स्थापित गराउनुभयो । त्यसैले भन्नैपर्दछ– वीपी र पुष्पलाल नेपाली राजनीतिक इतिहासका दुई तारा हुन ।

दुवै नेताले जनता र देशको भविष्य तथा महान् नेपाली क्रान्तिको भविष्यबाहेक कुनै सपना देखेनन् । नेपाली क्रान्ति र जनताको हितका खातिर पुष्पलालले कठोर जीवन बिताउनुभयो । उहाँले कहिले पनि आफ्नो निम्ति, आफ्नो परिवारको निम्ति, आफ्ना आफन्तजनको सुख सुविधाप्रति कहिल्यै पनि सोच्नुभएन ।

नेपालको प्रजातान्त्रिक आन्दोलन र त्यसको जग वसाल्न उहाँहरूले पु¥याएको ऐतिहासिक योगदानको चर्चा जति गरेपनि कम नै हुन्छ । बिडम्वना उहाँहरूको योगदान अहिले बर्षमा एक दिनमै सीमित भएको छ । बार्र्षिक स्मृतिमा मात्रै सम्झिने र अरू बेला बिर्सने जुन संस्कारको विकास भएको छ, यो गलत छ ।

तसर्थ कांग्रेसले वीपीलाई सधै सम्झनु पर्दछ । उहाँको स्मृतिमा मात्रै होइन, अरू बेला पनि बीपीले देखाएको मार्गदर्शक सिद्धान्तको विषयमा अन्तरपार्टी तहमा गंभीर बहस र छलफल गर्नुपर्दछ ।

पुष्पलालको स्मृतिमा पनि समय समयमा बिचार विमर्श चलाउने गरियो भनेमात्रै पनि उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । पुष्पलालको नेतृत्वमा २००६ सालमा स्थापित कम्युनिष्ट पार्टी आज मुलुकको शक्तिशाली राजनीतिक पार्टीका रूपमा स्थापित छ ।

तर विडम्वना कम्युनिष्टहरू अनेक चिरामा विभाजित भएका छन् । पुष्पलालले देखेको कम्युनिष्ट पार्टी सायद एउटै थियो होला । अन्ततोगत्वा वी.पी.ले नेपाली काँग्रेस र पुष्पलालले कम्युनिष्ट पार्टीलाई मलजल नगरेको भए यी दुई शक्ति अहिलेको अवस्थामा आउने थिए वा थिएनन् ? नेपालको प्रजातान्त्रिक आन्दोलनले यो उचाई प्राप्त गर्न सक्थ्यो वा सक्थेन ?

यसै भन्न सकिने अवस्था छैन । वीपी र पुष्पलालको स्मृति दिवस मनाईरहँदा उहाँहरूले देखेको राजनैतिक सपना त पूरा भएको छ । देशमा प्रजातन्त्रमात्रै होइन देश गणतन्त्रमय बनेको छ ।

तर, उहाँहरूको अर्को सपना थियो– जनताको सुख र सम्मृद्धि । त्यो अझै पूरा हुन सकेको छैन । हाम्रा राजनेताहरूको काँधमा ती दुई नेताले कल्पना गरेको नेपालको सपना पूरा गर्ने जिम्मेवारी छ । अव त्यो जिम्मेवारी पूरा गर्नेतर्फ पहल होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?