© 2026
सल्यान, ७ साउन ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाको ब्याक हो लोडर दुर्घटनामा परेको छ । दुर्घटनामा दुई जना डोजरका अपरेटर घाइते भएका छन् ।
सडक निर्माणको क्रममा तेल लिन गइरहेको ब्याक हो लोडर बुधबार दुर्घटना हुँदा दुई जना अपरेटरहरू घाइते भएको वडा नं, १ का वडा अध्यक्ष प्रकाश हमालले जानकारी दिए ।
छत्रेश्वरी, १ को दमाचौर र वडा नं, २ को बुँरासे जोड्ने सडक निर्माणको क्रममा रहेको बा १ ग ३५४० नम्बरको ब्याक हो लोडर फारुलीबोट भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर ब्याक हो लोडरका अपरेटर चित्र बहादुर खत्री र अर्का स्काभेटरका अपरेटर हिमलाल विक घाइते भएका हुन् ।
दमाचौर तर्फ तेल लिन आउने क्रममा ब्रेक फेल भएर डोजर दुर्घटनामा परेको भन्ने जानकारी आएको वडा अध्यक्ष हमालको भनाई छ ।
सडकबाट करिब ५० मिटर तल डोजर खसेको छ । घाइते दुवैको टाउकोमा चोट देखिएको छ । दुबै जना अपरेटरहरूलाई दमाचौरमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि श्रीनगर पठाउने तयारी भइरहेको छ ।
दमाचौर बुँरासे सडक निर्माणका लागि तीन दिन अघिदेखि छत्रेश्वरी गाउँपालिकाका स्काभेटर, ब्याक हो लोडर तथा टिप्परले काम गरिरहेका थिए ।