© २०२३
चन्द्राैटा, ७ साउन ।
कपिलवस्तुको सवारी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । कृष्णनगर नगरपालिका–१ शिवानगरमा बुधबार दिउँसो ३:४० बजे चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको भे.१ ख. ११८२ नम्बरको यात्रुवाहक बस सडक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार बसको स्टेरिङ फेल भई अनियन्त्रित रूपमा पल्टिएपछि दुर्घटना भएको हो । घाइतेहरूको उपचारका लागि तत्कालै शिवराज अस्पताल, बहादुर गन्ज पठाइएको निरीक्षक ईश्वर लौडारीले जनाए ।
प्रहरी निरीक्षक लौडारीका अनुसार दुर्घटनामा अर्घाखाँची, दाङ, भारत लगायत विभिन्न स्थानका यात्रुहरू परेका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको अवस्था सामान्य रहेको जनाइएको छ ।
लाैडारीकाे कमान्डमा दुर्घटना स्थलमा ११ जनाको टोली खटिएको थियो । बस चालक भने दुर्घटनापछि फरार रहेको बताउँदै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।